बैशाख १५, २०८१ शनिबार

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं१४ कार्तिक –  प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।  स्वास्थ्यस्थिति सामान्य रहेसँगै उहाँ डिस्चार्ज हुनुभएको हो । 

उहाँ धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाारर्थ बुधबार भर्ना हुनुभएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार गरिएको डाईलासिस  सफल भएको छ । बुधबार पनि प्रधानमन्त्री ओलीले  ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाइलासिस गराउनुभएको थियो । 

यसअघि प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियो थेरासिस भासकुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हुँदै आएको थियो । बीचमा एक पटक ओली वीरेन्द्र सैनिक अस्पतालमा पनि स्वास्थ्य परीक्षणका लागि उहाँ पुग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको यसअघि सिंगापुरमा प्लाज्मा फेरोसिस गरिएको थियो ।  सिंगापुरमा ६ पटक प्लाज्मा फेरोसिस गरिएको थियो । सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरेर उहाँ  गत भदौ २० गते काठमाडौं फकिनुभएको थियो । 

प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]