बैशाख २३, २०८१ आईतबार

कोरोना संक्रमण बढेसँगै बढ्यो नाकामा सतर्कता

काँकरभिट्टा । पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै सीमा नाका काँकरभिट्टामा सुरक्षा सतर्कतामा कडाइ गरिएको छ ।

नाकामा भारतबाट नेपाल प्रवेश गर्ने मानिसहरुलाई स्वाब परीक्षण गरेर मात्र प्रवेश दिन थालिएको छ ।

काँकरभिट्टा नाकामा हाल दैनिक सयभन्दा बढी मानिसको स्वाब परीक्षण गरिरहेको हेल्पडेक्सकी ल्याब असिस्टेन्ट रक्षा देउजा बताउँछिन् । उनी भन्छिन्, २ महिनाभन्दा बढी भारतमा काम गरेर फर्किएका नेपालीहरु, नेपालमा विभिन्न काम गर्न आउने भारतीय नागरिक, भुटान र बंगलादेशबाट नेपाल प्रवेश गर्नेलाई शंका लागे स्वाब टेष्ट गरिन्छ ।’

नाकामा स्वास्थ्यस्थिति बारे सोधपुछ गर्ने र सुरक्षाकर्मीहरुले नागरिकता लगायतका परिचय पत्र हेरेर नेपाल प्रवेश गर्न दिइरहेको छ ।

कोशी प्रदेशबाट खटिएकी देउजाले कर्मचारी अभाव भएकोले मेचीनगर नगरपालिकासँग थप कर्मचारी माग गरेको बताइन् ।

नाकामा हाल स्वास्थ्य चेक जाँचका लागि प्रदेशबाट १, स्वास्थ्य कार्यालय झापाबाट २ र मेचीनगर नगरपालिकाबाट ४ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

नेपालमा पनि कोरोना संक्रमणको नयाँ भेरियन्ट फेला पर्न थालेपछि पूर्वी नाका काँकरभिट्टामा सुरक्षा सतर्कता बढाइएको हो ।

प्रकाशित मिति : चैत्र २५, २०७९ शनिबार  ६ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]