बैशाख २२, २०८२ सोमबार

सहारा नेपालद्वारा ९ जना वृद्धवृद्धालाई सम्मान

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बुट्टाबारी सेवा केन्द्रले ९ जना वृद्धवृद्धालाई सम्मान गरेको छ ।
संस्थाको २८ ओ बार्षिकोत्सबको अवसरमा सहारा नेपालले वृद्धवृद्धालाई सम्मान गरेको हो । सहाराले ७० बर्ष उमेर भएका सदस्यहरुलाई सम्मान गरेको हो । झपाको विर्तामोड २ चारपानेमा मुल कार्यालय रहेको नेपालकै ठुलो सहकारीको रुसमा रहेको सहारा नेपाल साकोस कोशि प्रदेसलाई कार्यक्षेत्र बनाएर आर्थिक कारोवार गर्दै आएको छ ।

बिर्तामोड नगरपालिका वडा न ६ का अध्यक्ष सुर्यप्रसाद कन्दङवाको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा बृद्व बृद्वाहरुलाई बुढेसकालको सहारा लौरो, सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित हुनेहरुमा झापा अर्जुनधारा नपा वडा न ११ स्थाइ बसोबास गर्ने मखमाया काफ्ले, पवित्रा राउत, देवी कुमारी गिरी, रेवता माया खड्का, विर्तामोड नपा वडा न ६ बस्ने विमला बराल, जैगुन खातुन,इन्द्रमाया मिश्र, शिव कुमारी रेग्मी र जलकन्या तोल विकास सस्था भित्र बसोबास गर्ने टोल विकासकै जेष्ठ नागरिक भक्त बहादुर विष्ट थिए ।

स्थानिय जलकन्या मन्दिरको प्राङगणमा सम्पन्न जेष्ट नागरिक सम्मान कार्यक्रममा सहारा नेपाल साकोस बुटाबारी सेवाकेन्द्र संचालन सहयोग समिति सदस्य रुकमिणा दाहाल तिम्सिनाले स्नागत गरेको कार्यक्रममा चारआलि अनुगमन अधिकृत गोमा बस्नेतले औचित्यमाथि प्रकास पारेकि थिइन भने सहारा नेपाल बुट्टाबारी सेवा केन्द्रका अध्यक्ष आशिष बनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मुकुन्द उप्रेतीले गरेका थिए ।

प्रकाशित मिति : चैत्र २७, २०७९ सोमबार  ४ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]