बैशाख ११, २०८१ मंगलबार

श्रमसँग नजोडिने कम्यूनिष्टको अब काम छैन : पोखरेल

बिर्तामोड । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले उत्पादन, रोजगार र श्रममा नलाग्ने कम्यूनिष्ट आफै खाल्डोमा पर्ने बताएका छन् । शुक्रवार झापा पार्टीले आयोजना गरेको प्रशिक्षणमा उनले कम्यूनिस्ट पार्टीका सबै नेता कार्यकर्ता उत्पादन, रोजगार र श्रममा जोडिनु पर्ने बताए ।

नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेता पोखरेलले यो सब नगरेमा ठुलो चुनौतिको समना गर्न तयार हुनुपर्ने जिकिर गरेका छन् । उनले भने, सबैले श्रममा नजोडिने भए अब डुविन्छ । प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेलले कामसँग नजोडिने कम्यूनिष्टको अब काम नभएको धारणा राखेका छन् ।

दुई दिने प्रशिक्षण बिहीवारबाट शुरु भएको झापाका नेता शिव ढुङ्गेलले जानकारी दिए । सोहि कार्यक्रमको समापनको अवसरमा सरकारका रक्षामन्त्री समेत रहेका पोखरेलले झापाका नेता कार्यकर्तालाई सहजीकरण गर्दै संगठनको बुझाई एउटै हुनुपर्ने बताए । उनले भने, संगठनको बुझाईसँगै प्रचार पनि एकै हुनुपर्छ । दुई पार्टी बिचको एकतापछि झण्डा एक, पार्टी एक , व्यक्ति अलग–अलग हुन नहुने पोखरेको भनाई थियो । उनले राजनीतिक बुझाई समान बनाएर कार्यकर्ता परिचालनमा कार्यदिशा समेत एउटै हुनुपर्ने बताएका छन् । परिचालनको मुद्दा फरक–फरक बनाउन नहुने पोखरेलको तर्क छ ।

नेता पोखरेलले नेता कार्यकर्तालाई ४ बुँदामा रहेर काम गर्न निर्देशन दिएका छन् । कानुनले अनुमति दिएका, पारदर्शी , समाजिक मुल्य मान्यता बमोजिम र कम्यूनिस्ट आचरणसँग मिल्ने काम मात्र गर्न निर्देशन दिएका छन् ।

प्रशिक्षणमा जिल्ला कमिटी, प्रदेश सदस्य, संघीय क्षेत्रीय कमिटी, जनसंगठनका केन्द्रीय नेता सहित ३ सयको सहभागितामा रहेको थियो । सो कार्यक्रममा बेदुराम भुषाल, देवेन्द्र पौडेल, राम कार्की, देवेन्द्र दाहाल, इश्वरी काफ्ले, इश्वरी रिजाल, भीम आचार्य लगायतले सहजीकरण गरेका छन् ।

प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार  ६ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]