इटहरीमा मुसहर वस्ति विकास कार्यक्रम
इटहरी । इटहरीमा मुसहर वस्ति विकास कार्यक्रम सञ्चालन हुने भएको छ । तराई मधेश समृद्धि कार्यक्रमको सहयोगमा इटहरी उपमहानगरले यस बर्ष ७७ लाख बजेटमा मुसहर वस्ति विकास कार्यक्रम सञ्चालन गर्न लागेको नगर प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए ।

सो कार्यक्रम अन्र्तगत यो आर्थिक बर्ष १५ बढि घर निर्माण गरेर अतिविपन्न मुसहर समूदायलाई हस्तान्तरण गरिने उपप्रमुख लक्ष्मी गौतमले बताइन् । बर्षौ देखि बाटो छेउछाउ बसेका सुकुम्वासी मुसहर समूदायका ब्यक्तिहरुलाई घर निर्माण गर्नका लागि सार्वजनिक जग्गाको निरिक्षण गरिएको छ ।
प्रमुख द्धारिकलाल चौधरी,उपप्रमुख लक्ष्मी गौतम वडाध्यक्षहरु भगवानलाल साहु,दिपनारायण चौधरी,वडासदस्य तेजनारायण चौधरीले प्राविधिक टोली सहित वडा नम्वर १६ को घोइङदा खोला छेउ र पोखरियामा रहेको सार्वजनिक जग्गा निरिक्षण गरिएको हो ।
चालु आर्थिक बर्षमा नै मुसहर वस्ति विकास कार्यक्रम अन्र्तगत घर निर्माण गरिने बताइएको छ ।