जेष्ठ ३, २०८२ शुक्रबार

सुनकोशी बस दुर्घटना : मृत्तकको संख्या ६ पुग्यो, १५ बढीको उद्धार

काठमाडौं । दोलखाको मागेदेउरालीबाट काठमाडौं गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा अरु धेरै घाइते भएका छन् । १५ जनाको स्थानीय प्रहरीले उद्धार गरेको छ ।

आइतबार दिउँसो करीब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले जानकारी दिएका छन् । बस खोलामा डुबेको छ । शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन् ।

अहिले उद्धारको काम भइरहेको प्रहरिले जनाएको छ । घटनास्थलमा ६र यात्रुको शव फेला परेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् । उनले भने, ‘मृतकको संख्या बढ्न सक्छ, हामी खोजी र उद्धार गरिरहेका छौं । मृतकको सनाखत भइसकेको छैन ।’

बसका चालक धनबहादुर तामाङ नदीबाट आफैं माथि आएका थिए । लगत्तै उनी बेहोस भएपछि अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार  ३ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]