जेष्ठ ५, २०८१ शनिबार

पत्रकार दाहाललाई नारी सञ्चार साधना सम्मान

बिर्तामोड । झापामा नारी संचार गृहले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ । आज नारी संचार गृहले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि अग्रज पत्रकार साबित्रा दाहाल र सुस्मा राजवंशीलाई पुरस्कृत गरेको हो ।

नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार दाहाललाई पुरस्कृत गरिएको छ । उनलाई नगद १ लाख १ हजार १ सय रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो । नेपालको पहिलो महिला सम्पादक तथा राजनीतिज्ञ साधना प्रधानको नाममा स्थापित ‘नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कार’ पहिलो पटक दाहाललाई प्रदान गरिएको हो । दाहाल झापाली महिला पत्रकारहरुको छाता संस्थाको रुपमा स्थापित संचार गृहको संस्थापक अध्यक्ष समेत हुन् भने प्रेस चौतारी नेपालको निर्वाचन आयोग सदस्य हुन् ।

त्यस्तै युवा पत्रकारिता पुरस्कारबाट पत्रकार सुस्मा राजवंशीलाई प्रदान गरिएको छ । राजवंशीलाई नगद २५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।

युवा पत्रकारिता पुरस्कार महिलाको बिषयमा कलम चलाउने एक जना युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने नारी संचार गृह झापाकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले जानकारी दिइन् । प्रत्येक दुई बर्षमा महिला तथा पुरुष पत्रकारलाई पुरस्कृत गरिने उनले बताइन् । उनका अनुसार नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कार महिला पत्रकारलाई मात्र प्रदान गरिने छ ।

नारी संचार गृहले ‘नारी संचार प्रोत्साहन अक्षय कोष’ को ब्याजबाट पुरस्कार राशिको ब्यवस्था गर्ने गृहकी अध्यक्ष रेजिना गौतमले जानकारी दिइन । गृहले कोषमा ३३ लाख रुपैयाँ जम्मा गरिसकेको छ ।

प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार  ४ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]