बैशाख ८, २०८१ शनिबार

सम्पादकीय : छाडा कुकुरको सेवा , एउटा प्रशंसनीय योगदान

अहिलेको समय यस्तो भइसक्यो कि माया कम, अपराध ज्यादा । किनभने, मानव जातिमा स्वार्थीपन बढ्दै गएको छ । जो कोहि पहिले आफ्नो भलो चहान्छन् । र, दोस्रोमा मात्र दोस्रो पक्षको भलाई चहान्छन् । मानव जातिमा माया हराउदै गएको चर्चा पनि हुने गरेको छ । तर, यहि झापाको बिर्तामोडमा एउटा यस्तो परिवार भेटियो, जो छाडा कुकुरको संरक्षण र सेवामा अनवरत लागिरहेका छन् । छाडा अर्थात सडकमा देखिएका भुसिया कुकुर सबैका लागि घृणा बनेको देखिन्छ । तर, बिर्तामोड– ६ का शुकराज तुम्रोकको परिवार अझै त्यहि कुकुरको सेवामा तल्लिन छन् ।

यो संसार मान्छेको मात्र होइन, पशुको पनि हो । पशुको पनि मान्छेकै जत्ति हक लाग्छ भन्दै तुम्रोक परिवार छाडा कुकुरको औषधी उपचार र खानपिनमा लागेका छन् । उनीहरु नीजि खर्चमा सडकमा भेटिनै सबै कुकुरको उपचारमा लागेको देख्दा जो कोहि अचम्मित छन् । यहाँ मान्छेले मान्छेलाई माया स्वभावले नहेरिरहेको बेला कुकुरको सेवा अस्वभाविक नै छ । घर पालुवा पनि होइन । सडकमा भेटिने रोगी, फोहोरी कुकुरलाई आफ्नै सन्तान जस्तै गरेर काखमा राखेर उपचार गर्ने परिवार साच्चै सम्मान योग्य छ । उनीहरुको यो अभियानलाई सामाजिक क्षेत्रबाट सहयोग जरुरी छ । यो अभियान वास्तवमै धार्मिक छ ।

नेपालीहरु दोस्रो ठुलो पर्व तिहारमा कुकुरको पुजा नै गर्छन । त्यो त चाडपर्वको तालिमा रहेकाले मात्रै विधि गरिएको हो । नत्र, वर्षभरी सडकमा भोगले छटपटाउने कुकुरको संरक्षणमा जुट्ने कोहि छैन । सडकमा बेला बखत मारवाडी समुदायका बृद्ध समूह कुकुरलाई सामान्य भोजन गराइरहेको भेटिन्छन् । उनीहरुको त्यो प्रयास पनि उदाहरणीय छ । सकुन्जेल कुकुरको संरक्षणमा जुट्ने लक्ष्य बनाएको परिवारको कामलाई हेरेर नामका धार्मिक समूहले पनि ज्ञान हासिल गर्न जरुरी छ । यो समाजिक काम सबैको लागि सन्देश मुलक छ । यहि अभियानमा सबैको हातेमालो पनि जरुरी छ ।

प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार  ४ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]