जेष्ठ ३, २०८२ शुक्रबार

आचारसंहिता विपरित नियुक्त भएका प्रदेश प्रमुख पदमुक्त, नयाँ प्रदेश प्रमुखको नियुक्ति आजै

काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो । चुनावलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचारसंहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो ।

प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको छ । उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बोलाइएको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको एजेण्डा समावेश गरिएको छ ।
सचिवालय बैठक सकिएपछि बस्ने मन्त्रिपरिषद बैठकले आजै प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना रहेको नेकपाका एक नेताले बताए । त्यसबेला नै प्रदेश प्रमुखहरुको पद के हुने भन्ने बहस भएको थियो । तर सरकारले यसबारे थप निर्णय गर्न नपाउँदै सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय अमान्य उल्ट्याइदिएपछि सरकार रोकिएको थियो ।

प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]