बैशाख ६, २०८१ बिहीबार

अर्जुनधारामा आर्थिक बहस

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ नं. वडा कार्यालयको आयोजनामा १ दिने आर्थिक बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा कार्यालयद्वारा शुक्रबार नगरपालिकाको सभा हलमा आर्थिक बहसः सम्भावना र चूनौति बिषयक बहस तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । आर्थिक बहस तथा अन्तरक्रिया कार्यक्रममा अर्थ विज्ञ तथा प्राध्यापक डाक्टर अर्जुनकुमार बरालले कोशी प्रदेशको आर्थिक बृद्धि सम्भाव्य क्षेत्र, प्राथमिकता लगायत बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

वडा सचिव प्रकाश पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्थानीय श्रद्धा कृषि सहकारी संस्थाका सचिव कृष्णप्रसाद चापागाईं र सदस्य नरेश खाती, सरोकारवाला लगायतले सहकारी क्षेत्र, स्रोत साधन जस्ता बिषयहरुमा बहस गरेका थिए । वडा अध्यक्ष कुमार प्रसाद उप्रेतीको सभापतित्व तथा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन(तामाङ) को प्रमुख आतिथ्य रहेको अन्तरक्रिया कार्यक्रममा उपमेयर खड्गमाया पराजुली ,वरिष्ठ योजना अधिकृत हिमराज सेढाई ,लेखा प्रमुख विपिन लम्साल, वडा नम्बर – ३ का वडा अध्यक्ष सिताराम भट्टराई, संघसंस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी, नागरिक समाज, सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बैशाख ८, २०८० शुक्रबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]