बैशाख १२, २०८१ बुधबार

अर्जुनधारा ८ को स्वास्थ्य शिविरमा दुई सय बढी लाभान्वित

शनिश्चरे । अर्जुनधारा वडा नं.- ८ को आयोजना र बिएण्डसी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शनिबार संचालित १ दिने निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ४० जना बिरामीहरु लाभान्वित भएका छन् ।

ग्रामीण क्षेत्रका विपन्न वर्ग र आर्थिक अभावका कारण अस्पतालमा उपचार गर्न जाने खर्च नभएका दिर्घरोगीहरुलाई औषधिसहित निःशुल्क सेवा–सुविधा दिने उद्धेश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा बिएण्डसी अस्पतालका वरिष्ठ मुटु विशेषज्ञ डा.उमेश यादवको नेतृत्वमा फिजिसियन डा. गोपाल मिश्र , स्त्रीरोग विशेषज्ञ डा. सुरुची महतो, क्यान्सर रोग विशेषज्ञ डा. शिशिर थापा, बालरोग विशेषज्ञ डा.आर्सया कडरिया ,न्यूरोसर्जरी विशेषज्ञ करुणा ताम्राकार लगायतले सेवा प्रदान गरेका थिए ।

स्वास्थ्य शिविरमा बालरोग सम्बन्धी ,महिलाहरुको पाठेघरको मुखमा क्यान्सर, मुटुको इको, इसिजी, न्यूरो सर्जरी, प्रेसर, सुगर लगायत रोगहरुको चेकजाँच गरिएको थियो । सो शिविरमा प्राविधिक जाँच, औषधिसहितको सेवा–सुविधा प्रदान गरिएको शिविर प्रशासनका गोविन्द खनालले जानकारी दिए । अर्जुनधारा नगरपालिका – ८ का वडा अध्यक्ष कुमार प्रसाद उप्रेतीले स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष उप्रेतीले स्वास्थ्य शिविरको औचित्य बारे प्रकाश पार्दै रोग उपचार गर्न अस्पतालसम्म जान नसक्नेहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको बताए ।

विशेष गरि महिलाहरुको पाठेघरको मुख, तल्लो पेटमा क्यान्सर हुँदा अस्पताल पुग्नका लागि संकोच मान्ने सबैको समस्या समाधान हुने बताए । उनले स्वास्थ्य क्षेत्रमा पहुँच नपुगेका विपन्न नागरिक यस शिविरमा उपचार गर्न कोही बञ्चित हुन् नपरोस् । वडाले यस क्षेत्रमा पहिलो पटक वरिष्ठ चिकित्सकहरुले प्राविधिकको प्रयोग गर्दै निःशुल्क औषधि सेवा प्रदान गरेको सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले यस शिविरबाट आम विपन्न वर्गले फाइदा उठाउने बताए । आगामी दिनहरूमा यस्ता शिविर सञ्चालन गरिनेछ । प्रमुख अतिथि गोम्देन तामाङले स्वास्थ्य शिविर सञ्चालनमा सहयोग पु¥याउने डाक्टर तथा प्राविधिक सहयोगीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । उक्त शिविरमा ज्येष्ठ नागरिक सत्यनारायण सापकोटाले पहिलो सेवा लिएका थिए ।

प्रकाशित मिति : बैशाख १०, २०८० आईतबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]