बैशाख ७, २०८१ शुक्रबार

कात्तिक २२ गते कचनकवलमा एकीकृत घुम्ती शिविर

भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा कचनकवल गाउँपालिकामा कात्तिक २२ गते एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।

शिविरमा नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली संकलन, आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर वितरण, डिभिजन वन कार्यालयले फलफलूललगायतका विरुवा वितरण, जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध दुव्यर्सन सम्बन्धी सचेनामूलक कार्यक्रमलगायतका दर्जनौं सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

जिल्ला प्रशासन कार्यालय झापामा आइतबार बसेको कार्यालय प्रमुखहरुको बैठकले २० वटा सरकारी कार्यालयले कचनकवल –२ सुकुडाँगीस्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयको प्राङ्गणबाट आगामी कात्तिक २२ गते सेवा प्रदान गरिने निर्णय गरेको छ ।

प्रजिअ रानाले सो गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने पानीको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले आर्सेनिक जाँच, जनस्वास्थ्य कार्यालयले डेंगु रोग लगायतका विविध स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रम गर्ने, मेची अञ्चल अस्पतालले फिजिसियन, डन्टेल सेवा प्रदान गर्ने, कृषि ज्ञान केन्द्रले कृषिजन्य वालीमा लाग्ने रोगको परीक्षण गर्ने, टेलिकमले सिमकार्ड वितरण गर्ने, गुणस्तर तथा नाप तौल कार्यालयले दर्ता प्रदर्शन तथा पम्पलेट वितरण गर्ने, पशु सेवा कार्यालयले रेविज रोग सम्बन्धी चेतना अभिवृद्धि कार्यक्रम गर्ने, नेपाल रेडक्रस सोसाइटी झापाले रक्तदान कार्यक्रम, प्राथमिक उपचारको व्यवस्था तथा प्रदर्शनी कार्यक्रम गर्ने बताएका छन् ।

त्यसैगरी, नेपाली सेनाले सर्प दंश तथा बाढबिाट जोगिने सम्बन्धी चेतना अभिवृद्धि कार्यक्रम गर्ने, सशस्त्र प्रहरी बल नम्बर २ हेडक्वाटरले आगलागी नियन्त्रण सम्बन्धी प्रदर्शनी कार्यक्रम सञ्चालन गर्नेलगायतका कार्यका लागि उनले सबै कार्यालयका प्रमुखहरुलाई आआफ्ना क्षेत्रबाट तयारी गर्न समेत आग्रह गरिसकेको बताए । कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलामले सेवालाई प्रभावकारी बनाउन आफू लागि पर्ने बैठकमा प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार  ११ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]