जेष्ठ ५, २०८१ शनिबार

बालमैत्री नगर घोषणा गर्न कनकाईमा तयारी तीव्र

चन्द्र बस्नेत
कनकाई  । झापाको कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरिरहँदा स्थानीय शासन नगर समिति लक्षित नगरका सरोकारवालसँग छलफल गरेको छ ।

बालमैत्री स्थानीय शासन अभियान अन्तरगत झापाको कनकाई नगरपालिकाका सरोकारवालाहसँग छलफल गरेको हो । नगरको बाल कल्याण ईकाईको आयोजनामा आइतबार (आज) बालमैत्री स्थानीय शासन बारे जानकारी गराउने उदेश्यसहित सरोकारवालाहरुसँग सल्लाह, सुझावसहित छलफल भएको हो ।

कनकाई नगर प्रमुख तथा स्थानीय शासन नगर समितिका सयोजक राजेन्द्रकुमार पोख्रेललेको अध्यक्षमा भएको कार्यक्रममा प्रदेश नं. १ बालबालिका समन्वय अधिकृत सुमन अधिकारीले सहजीकरण गर्नु भएको थियो ।

छलफल कार्यक्रममा बालमैत्री घोषणा गर्न स्थानीय तहले गर्नुपर्ने तयारीका बारेमा र अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी गराइएको थियो । झापाको भद्रपुर नगरपालिकासहित प्रदेश १ मा ३ तथा नेपालमा यसअघि १४ वटा स्थानीय तहहरुले बालमैत्री घोषणा गरेका छन्् । कनकाई नगरपालिका प्रदेशमा चौथो तथा नेपालको पन्ध्रौं बालमैत्री घोषणा गर्नका लागि आगामी २०८१÷८२ मा नगरलाई बालमैत्री घोषणाको तयारीमा आफूहरु लागिपरेको प्रदेश नं.१ बालबालिका समन्वय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्षहरु वडा नम्बर १ का सुशिलकुमार पोख्रेल, २ का अध्यक्ष प्रताप राई, ५ का अध्यक्ष कृष्णबहादुर राई, ६ का अध्यक्ष दीर्घबहादुर थापा, ८ का अध्यक्ष लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्यहरु, अन्य वडा सदस्यहरु, नगर योजना शाखाकि कर्मचारी जमुना कटुवाल, जिल्ला बालसञ्जालका अध्यक्ष अभिशेक मिश्र विद्यालयका प्रतिनिधिहरु, सामाजिक संघ÷संस्थाका प्रतिनिधि, राजनीतिक दल, बाल क्लवहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन र त्यसको फाइदालगायतका बिषयमा जानकारी दिँदै सल्लाह, सुझावसहित छलफल गरिएको थियो ।
कनकाई नगरले यो आर्थिक बर्षमा तीन वटा वडालाई बालमैत्री घोषणाको तयारी गरिरहेको र यस्तो छलफल कार्यक्रम विद्यालय, वडा, टोल तथा नगर लक्षित गर्दै जाने कनकाई नगर प्रमुख तथा स्थानीय शासन नगर समितिका सयोजक पोख्रेलले जानकारी दिनुभयो ।

बालमैत्री घोषणा गर्ने तयारीसँगै बालस्रोत व्यक्ति रुद्रमणि पोख्रेल र प्रजेश खनालले नगरका सबै वडामा गठन भएका बाल क्लब, टोल तथा बिद्यालयहरुमा अनुगमन एवम् सचेतनामूलक पर्चा पम्प्लेट वितरण भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । बालमैत्री घोषणाका लागि नगरले यसअघि नै बालबालिकाको मनोपरामर्श कक्ष र स्तनपान कक्षको स्थापना गरिएको छ ।

त्यस्तै बालमैत्री नगर घोषणाका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले नगरका विभिन्न स्थानको अनुगमन, उपप्रमुख आशा शर्मा शिवाकोटीको नेतृत्वमा सूचना सिकाई केन्द्रको स्थापना, प्रत्येक वडाध्यक्षको संयोजकत्वमा बालमैत्री वडा समिति गठन गरी विभिन्न कार्यहरु गरिरहेको नगर कर्मचारी बिजय पाठकले जानकारी दिनुभयो ।

कनकाई नगरपालिकाका बालमैत्री स्थानीय शासन बिज्ञ प्रजेश खनालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन नगर बाल कल्याण अधिकारी ढकालले गर्नुभएको थियो ।

प्रकाशित मिति : बैशाख १०, २०८० आईतबार  ५ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]