जेष्ठ ६, २०८१ आईतबार

चितवन २ मा ६० प्रतिशत भन्दा कम खस्यो मत

चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत भन्दा कम मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा गत मंसिर ४ को निर्वाचनको तुलनामा कम मत खसेको हो ।

मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।

केही मतदान केन्द्रमा अहिले पनि मतदाता लाइनमा रहेकाले मतदान जारी छ । ५ बजेसम्ममा मतदान केन्द्रमा पुगेर लाइन बसेकाले मत हाल्न पाउँछन् । चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९८ छन् ।

मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्यो भन्दा कम खसेको हो । त्यतिबेला १ लाख २४ हजार २१७ मतदाता थिए ।

प्रकाशित मिति : बैशाख १०, २०८० आईतबार  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]