प्रदेश ३ को प्रमुखमा झापाका प्रसाईं सिफारिस

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज सम्पन बैठकले प्रदेश ३ को प्रमुखमा झापाका बिष्णु प्रसाइको नाम सिफारिस गरेको छ ।

प्रसाईं झापाका पुराना बामपंथी नेता हुन् । नेकपाको प्रदेश कमिटी सदस्य समेत रहेका प्रसाईं तत्कालीन जिल्ला बिकास समिती झापाका उपसभापती हुन् । बामपंथी आन्दोलनमा लामो समय योगदान गर्दै आएका उनी प्रधानमन्त्री केपी ओलीका समकालीन हुन् । योगदान गरे अनुसार अवसर नपाइरहेका प्रसाइलाई यो पटक प्रदेश प्रमुखमा सिफारिस गरिएको छ ।

हिजो मात्र मन्त्रीपरिषद बैठकले सातै प्रदेशको प्रमुखलाई पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

इजलास डट.कम

बिर्तामोड,झापा
सूचना तथा प्रशारण विभाग दर्ता नं.
टाइम्स मिडिया नेटवर्क प्रा लि