जेष्ठ ६, २०८१ आईतबार

तनहुँ–१ मा रास्वपाका वाग्ले अगाडि

तनहुँ । तनहुँ–१ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपो का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडि हुनुहुन्छ । विहान ६ बजे सम्म नौ हजार दुई ४६ मत गणना हुँदा वाग्लेले पाँच हजार १९ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेस गोविन्द भट्टराईले दुई हजार ३ सय ५१ मत पाउनु भएको छ भने एमालेका सर्वेन्द्र खनालले एक हजार ५१९ मत पाउनु भएको छ । राती १२ः३० बजेबाट सुरु गरिएको मतगणना ४२ वडा मध्ये पाँच वटा वडाको मतगणना सम्पन्न भएको छ । १ लाख २३ हजार ३०५ मतदाता मध्ये ५२ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]