बैशाख १४, २०८१ शुक्रबार

सताक्षीधाममा नेविसंघको सरसफाई

बिर्तामोड । नेपाल विधार्थी संघ झापाले आज सताक्षीधाम क्षेत्रमा सरसफाई गरेको छ । धाममा आयोजना हुन लागेको १०८ कुण्ड कोटीहोमको पूर्वसन्ध्यामा संघले सरसफाई गरेको हो ।

१०८ कुण्ड कोटीहोमको भव्य सफलताका लागि सहयोग गर्ने उद्देश्यले सरसफाई गरिएको नेविसंघ झापाका पूर्व सभापति नारायण गिरीले जानकारी दिए । सरसफाईसँगै सोहि कार्यक्रममा डस्टविन समेत हस्तान्तरण गरिएको छ । धार्मिक एवम् पर्यटकीय क्षेत्र सताक्षीधामको विकास तथा प्रवद्र्धनमा समेत सहयोग पु¥याउन कार्यक्रमको आयोजना गरेको नेविसंघ झापाका सभापति भुवन बुढाथोकीले जानकारी दिए । उनले कोटीहोममा आवश्यक पर्ने सामग्री र प्रचारप्रसारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा सांसद महेन्द्र कुमारी सुब्बा, संघका पूर्व सभापति गिरी, सताक्षीधामका अध्यक्ष प्रसाद सुब्बा, महाराज नन्दराज भारद्वज लगायतले मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]