जेष्ठ ३, २०८१ बिहीबार

झापामा विषादी बिक्रेतालाई तालिमसँगै परीक्षा

बिर्तामोड । झापामा खुद्रा विषादी बिक्रेताहरूलाई तालिम आयोजनासँगै परीक्षा पनि लिइएको छ ।

खुद्रा विषादी बिक्री गर्ने तर बिक्रीको इजाजतपत्र नभएका व्यवसायी र नयाँ व्यवसाय गर्न इच्छुक ५८ जनालाई छ दिने तालिम प्रदान गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

सहभागीलाई जीवनाशक विषादी व्यवस्थापन ऐन, विषादीको वर्गीकरण, प्रकार, खाद्यबस्तुमा विषालुपना, बालीमा लाग्ने रोगकिरा, विषादीको सुरक्षित प्रयोग, भण्डारण, ओसारपसार, बिक्री वितरण र विर्सजनका विषयमा तालिम प्रदान गरिएको उनले बताएका छन् ।

‘कतिपयले जानी नजानी प्रतिबन्धित र हानिकारक विषादी बेचिरहेका छन्’, प्रमुख विष्टले भने, ‘इजाजतपत्र नभएकालाई इजाजत दिएर व्यवस्थित रुपमा विषादी बिक्रीवितरण गराउन तालिमसँगै परीक्षाको व्यवस्था गरिएको हो ।’ यही वैशाख ३ गतेदेखि ८ गतेसम्म सञ्चालित तालिमपछि काठमाडौँको हरिहर भवनस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले ८ गते नै परीक्षा लिएको थियो । दुई साताभित्र परीक्षाको नतिजा आउने र परीक्षामा उत्तीर्ण भएकाहरुलाई मात्र इजाजतपत्र प्रदान गरिने जनाइएको छ ।

 

प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार  ४ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]