बैशाख २०, २०८१ बिहीबार

‘प्रदेशको नाममा हुलहुज्जत बेठिक’ अध्यक्ष ओली

बिर्तामोड । बुधबार झापाको बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कोशी प्रदेश’को नाममा हुलहुज्जत गर्नु बेठीक भएको बताएका छन् । उनले सबै जातीको पहिचान समान भएकाले आफ्नो मात्र एकल पहिचान खोजेर राष्ट्रिय एकतालाई खलबलाउन नहुने बताएका हुन् ।

उनले प्रदेशको नाम जननिर्वाचित संसदको बहुमतले पारित गरेकोले यसको बिरोधका नाममा हुलहुज्जत गर्न नहुने बताएका हुन् । उनले भने, ‘प्रदेशको नाम संविधान बमोजिम राखिएको छ । कोशी नाममा सबै जातजातिको पहिचान अटाएको छ । धेरै जातजाति र पहिचान भएको ठाउँमा एकल जातीय पहिचानलाई समेट्न सकिदैन ।’

ओलीले भर्खर सम्पन्न उपनिर्वाचनमा आम गठबन्धनको उम्मेदवारलाई जिताउन बहालवाला प्रधानमन्त्री र तीन जना पूर्व प्रधानमन्त्री लाग्दा पनि नसकेको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङग्रेसका सभापती शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई जनताले नपत्याएको बताएका छन् ।

उक्त कार्यक्रममा अध्यक्ष ओलीलाई कालो झण्डा देखाउँदै उनी माथि आक्रमणको प्रयास पनि भएको थियो । कालो झण्डा देखाउँदै आक्रमण गर्न प्रयास गर्नेहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । यस अघि वि.सं. २०५६ सालको आम निर्वाचनमा पनि बुधबारेमा सम्बोधन गर्न आउँदा ओली माथि हुलहुज्जत भएको थियो ।

प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार  ४ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]