बैशाख १५, २०८१ शनिबार

दमकको बाल अस्पताललाई मिनेन्द्र रिजालको ५० लाख सहयोग

दमक । झापाको दमकमा सञ्चालनमा आएको किओच बाल अस्पताललाई कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

आफ्ना माता पिताको स्मृतिमा स्थापना गरेको पुन्य श्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको चेक डा. रिजालले रतुवामाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

पूर्वमन्त्री डा. रिजालले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौं इन्स्टीच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई सो चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै मोरङ २ का पूर्व सांसद डा. रिजालले बालबालिकाहरूको स्वास्थ्य सेवालाई मध्यनजर गरेर सञ्चालनमा आएको दमकस्थित सो बाल अस्पतालको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : बैशाख १६, २०८० शनिबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]