बैशाख २४, २०८१ सोमबार

ममाथि आक्रमणमा ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता छ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजपरिवारमाथि अर्को गम्भीर आक्षेप लगाएका छन् । आफूमाथि केही दिनअघि भएको आक्रमण प्रयासमा पूर्वराजा र उनको परिवारको हात रहेको उनले दावी गरे ।

एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवस कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा ओलीले यस्तो दावी गरेका हुन् ।

कार्यक्रममा उनको भनाइ यस्तो थियोः
‘हामीले तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा कार्यक्रम गरेका थियौं । अलिअलि सुन्नु पनि भयो होला । जाँदै गर्दा बीचमा केही गुण्डाजस्ता अराजनीतिक व्यक्तिले हमला गर्ने प्रयास गरे । पहिचानको राजनीति भनेर ढुंगामुढा गरे । (यसमा) संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको देखिया छ । यो अनेकमार्फत देखिया छ । भित्रभित्र चलाउनेलाई म छौंडा खेलाउने भन्ने गर्छु । यिनीहरुले, पूर्वदरवारीयाहरुले छौंडा खेलाएर पनि अलिकति यस्तो खालको काम गरेका छन् ।’

ओलीले अहिले सत्तामा रहेका पार्टीका कार्यकर्ताहरु अर्काको नाममा ढुंगा हान्न त्यहाँ गएको आरोप लगाए ।

उनले थपेः
‘हाम्राविरुद्ध अश्लिल, असभ्य, गालीगलौज गर्ने कामहरु यिनका मुखबाट भएको छ । हरेक ठाउँ निषेध गर्न खोज्ने, बाटो छेक्ने, भिडन्त गर्न आउने, अनेक ठाउँमा आक्रमण गर्ने । त्यो खालको उद्दण्डता भयो र सरकार मुकदर्शक बन्यो । पुलिस बीचमा उभिया छ । हामीलाई भन्दा पहिला त पुलिसलाई लाग्ने भो । उनीहरुले पेलेका छन्, धक्का दिएका छन् । पुलिस मुन्ट्याइएको छ । धक्कामुक्का खाएको छ तर चुप लागेर बस्छ । किनभने माथिको आदेश छैन । गठवन्धन सरकारको पनि यस्ता असाजमाजिक क्रियाकलाप गर्ने गराउने कुरामा‘ २० जना केटा छैनन्‘ च्याप्पच्याप्प समाउन सकिँदैन ?त्यही मान्छे झापामा ढुंगा हान्छ, इलाममा उफ्रिन्छ, तेह्रथुममा उफ्रिन्छ, फिदिममा उफ्रिन्छ । जम्मा यतियति मान्छे छन्, यस्सो समाउने हो भने‘तर मनोबल के छ भने भने जति ढुंगामुढा गरे पनि, जति मुख छाडे पनि, धक्का दिए पनि, गाली बेइज्यति गरे पनि हामीलाई केही हुनेवाला छैन ।’

प्रकाशित मिति : बैशाख १७, २०८० आईतबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]