बैशाख १३, २०८१ बिहीबार

बुबा विरुद्ध बिद्रोह गर्ने विष्णु प्रसाई : जो प्रदेश प्रमुख बने

बिर्तामोड । गत स्थानीय चुनावमा मेयरमा पराजित झापाली नेता विष्णु प्रसाईलाई ३ नम्बर प्रदेशको प्रमुख बनाइयो भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा उनको राजनीतिक पृष्ठभूमि र इतिहासलाई पनि बिर्सन नमिल्ने नेकपाका नेताहरुको तर्क छ ।

६६ वर्षीय प्रसाई ०२८ सालको झापा क्रान्तिसँगै कम्युनिस्ट राजनीतिमा लागेका हुन् । ०२७ सालमा अनारमनीमा भएको अनेरास्ववियूको कार्यक्रममा पहिलोपल्ट पक्राउ परी एक महिना राजबन्दी भएपछि प्रसाई पूर्णकालीन राजनीतिमा होमिए ।

वि.सं. ०३६ सालदेखि ०४५ सालसम्म पूर्वी नेपालमा हुने पञ्चायत विरोधी जुनसुकै घटना हुँदा पनि झापामा प्रहरीले विष्णु प्रसाईलाई नै पक्राउको वारेन्ट जारी गथ्र्यो । तत्कालीन नेकपा मालेको नीतिअनुरुप नै वि.सं. ०४३ सालमा धाइजन गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्चसमेत निर्वाचित भएका थिए प्रसाई ।

त्यसबेला झापामा जुझारु र कडा छविका कारण प्रसाईलाई झापाली टाइगर भनिन्थ्यो । प्रसाई ०५४ सालमा जिल्ला विकास समिति झापाको उपसभापति निर्वाचित भएका थिए । उपसभापति भएकै बेला उनी ०५६ सालको आम निर्वाचनमा झापा ३ बाट उम्मेदवार बने तर कांग्रेसका कृष्ण सिटौलासँग पराजित भए ।

झापाको धाइजनस्थित सम्पन्न परिवारमा हुर्किएका हुन् प्रसाई । यद्यपि उनले बुबा विरुद्ध बिद्रोह गरे । बुबाले मोहीहरुमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाउन सहयोग गरेको नेकपा नेताहरु सम्झन्छन् । वि.सं. ०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएपछि प्रसाईंले आफूमाथि अन्तर्घात गरेको भन्दै सांसद रविन कोइरालामाथि मतगणनास्थलमै झम्टिएका थिए । प्रसाईं केपी ओलीका निकटस्थ हुन् ।

प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार  २ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]