चैत्र १६, २०८० शुक्रबार

मेचीनगरका सुत्केरीलाई पोषण भत्ता

काँकरभिट्टा । मेचीनगर नगरपालिकाले सुत्केरी पोषण भत्ता अन्तर्गत हालसम्म ३ लाख १६ हजार रुपैयाँ वितरण गरेको छ । सुत्केरी पोषण भत्ता वितरण कार्यविधि २०७५ बमोजिम गएको माघ ६ गतेदेखि नगरपालिकाले सुत्केरी पोषण भत्ता वितरण गदैं आएको छ ।

यस अन्तर्गत अहिलेसम्म १ सय ५८ जना सुत्केरीलाई जनही २ हजार रुपैयाँका दरले ३ लाख १६ हजाररुपैयाँ वितरण गरिएको नगरपालिका उपप्रमुख तथा सुत्केरी पोषण भत्ता वितरण कार्यक्रम संयोजक मीना पोखरेल उप्रेतीले जानकारी दिईन् । उनका अनुसार दुईजना सन्तानका लागि मात्र यो सुविधा उपलब्ध गराउने गरिएको हो । नगरपालिकाले उक्त रकम स्वयम् घरमै पुगेर प्रदान गरिने गरेको छ ।

यो सुविधा लिन अनिवार्य अस्पतालमा गएर सुरक्षित सुत्केरी गराउनुपर्ने छ । घरमै सुत्केरी भएकाले यो सुविधा नपाउने उपप्रमुख तथा सुत्केरी पोषण भत्ता वितरण कार्यक्रम संयोजक उप्रेतीको भनाई छ । मातृ तथा नवजात शिशुको मृत्युदरमा कमि ल्याउने उद्देश्यले नगरपालिकाले नगरभित्रका अति विपन्न समुदायलाई रकम उपलब्ध गराउदै आएको कार्यालयकी महिला विकास निरीक्षक जयन्ती खरेल लम्सालले जानकारी दिईन् ।

नगरपालिकाको दोस्रो नगरसभाको स्वास्थ्य तथा जनसंख्या सम्बन्धि नीतिमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि आधाभूतसेवा मातृशिशु, परिवार स्वास्थ्य पोषण, बहिरंग सेवा, स्वास्थ्य शिक्षालाई प्राथमिकताका अगाडि बढाउने उल्लेख छ ।

यसै अन्तर्गत बिपन्न वर्गका मेचीनगरवासीको पहिचान गरी कार्यविधि निर्माण गरी सो को आधारमा स्वास्थ्य उपचारमा क्रमशः क्यान्सर, मुटुको शल्यक्रिया, मृगौला परिवर्तन जस्ता रोगको उपचारमा नगरपालिकाबाट प्रतिवर्ष प्रतिव्यक्ति अधिकतम ५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउदै आएको उपप्रमुख उप्रेतीले बताईन् ।

प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]