बैशाख १२, २०८१ बुधबार

मेची क्याम्पसका विधार्थीलाई यातायात सुविधा

बिर्तामोड । मेची बहुमुखी क्याम्पसले विधार्थीलाई यातायात सुविधाको व्यवस्था गरेको छ । टाढा–टाढाबाट क्याम्पस जाने विधार्थीलाई बस व्यवस्था गरेसँगै सुविधा मिलेको छ ।

यातायात सुविधाको माग गर्दै अनेरास्ववियु मेची क्याम्पस कमिटीले गत माघ महिनामा क्याम्पसलाई ज्ञापन पत्र बुझाएको थियो । अनेरास्ववियुले यातायात सुविधाको माग गर्दा सोहि क्याम्पसमा नेविसंघ समर्थक विधार्थीले गिज्याएका थिए । क्याम्पस प्रशासनले सवारी धनी डालिम श्रेष्ठसँग सम्झैता गरेर सोमवारबाट विधार्थीलाई यातायात सुविधा दिन थालेको छ ।

क्याम्पसले पहिलो चरणमा बिर्तामोड–भद्रपुर सेवा दिने अनेरास्ववियुका नविन गुरुङले जानकारी दिए । उनका अनुसार विधार्थीसँग केहि प्रतिशत भाडा लिने र क्याम्पसले थप व्यहोर्ने छ ।
सुलभ शुल्कमा अध्ययन गर्न भद्रपुरसम्म जान विधार्थीलाई लामो समयदेखि कठिनाई भइरहेको थियो । बस सेवा सुरु भएपछि ठुलो राहत मिलेको गुरुङको भनाई छ ।

प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]