जेष्ठ ४, २०८१ शुक्रबार

व्यवसायी हुने रहरले जन्मिएको प्रोलिफिक

मेचीनगर । मेचीनगर–१० धुलाबारीमा रहेको प्रोलिफिक कमप्युटर मेचीनगरको चर्चित कम्प्युटर सिक्ने ठाउँ हो ।

कक्षा १० को एसईई परीक्षापछि धेरै विद्यार्थीहरुले कम्प्युटर सिक्ने भोकलाई मेटाउँदै आएको प्रोलिफिक कम्प्युटरका सञ्चालकहरु नवराज भट्टराई र रामकाजी बुढाथोकी हुन् । उनीहरुले साल २०७३ फागुनबाट यो संस्थाको सुरुवात गरेका थिए ।

संस्था सुरु गर्दाको बखत २३ वर्ष उमेरका मात्र रहेका उनीहरुलाई सुरुवाती चरणमा संस्था चलाउन निक्कै धौंधौं भएको सञ्चालक नवराज भट्टराई बताउँछन् । उनले सुरुवाती दिनमा बिजुलीको बिल र घर भाडासम्म तिर्न पनि गाह्रो भएको बताए ।

सञ्चालनक भट्टराईले संस्था खोल्दा बखत उनीहरुसँग प्राविधिक ज्ञान भए पनि व्यपारिक ज्ञान नभएकोले गाह्रो भएको बताएका छन् । उनले सुरुको दिनमा व्यपारिक पाटो थाहा नहुँदा सात वटा कम्प्युटर पाँच लाख हालेर खरिद गरेको बताए ।

सुरुमा व्यापार नजानी अर्काकोमा कति काम गर्ने भनेर मालिक बन्ने रहरेले खुलेको प्रोलिफिकमा हाल वार्षिक एक हजार बढि विद्यार्थीहरुको सिकाइँ भोक मेट्ने थलो बनेको छ । यो संस्थाको सञ्चालन गर्न पूर्व उनीहरु दुवै अरुकै कम्प्युटर इन्स्टिच्यूटमा कम्प्युटर सिकाउने काम गर्दथे ।

काम सुरु गर्न पूर्व अविभावकलाई फकाएर पैसा निकाल्न निकै कठिन भएको सम्झदै भट्टराई हाल बा–आमा दुवै खुसी भएको बताउँछन् । घरबाट ऊ बेला सहयोग नभएको भए आजको प्रोलिफिक नहुने उनले बताएका छन् ।

सञ्चालनको पहिलो वर्षपछि प्रोलिफिकले दोस्रो पटक कोरोना कालमा संकट व्यहोरो । करिब एक वर्ष खल्तिबाट कोठा भाडा तिरेर यसलाई बचाएको भट्टराईले बताएका छन् ।

उनले कुनै पनि काममा लगनशील भएर लागे त्यसमा सफल भईने बताएका छन् । साथै विदेश गएका युवाहरुलाई यही आफ्नो सिप अनुसारको काममा मनोरञ्नका साथ लाग्न सुझाव दिएका छन् । उनले आफू चाहिँ विदेशबाट फर्किदा जस्ताको त्यस्तै भइने विश्लेषण गरेर विदेश नगएको बताएका छन् ।

उनले प्रोलिफिक कम्प्युटरमा केही विद्यार्थीहरु सर्टिफिकेट र विभिन्न विषयका थेसिसहरु पनि किन्न आउने गरेको बताए । उनले सर्टिफिकेट र थेसिस किन्ने विद्यार्थीहरुले खासै प्रगति नगर्ने बताए । उनी भन्छन्, ‘सर्टिफिकेट र थेसिस किन्नेहरुले केही पनि प्रगति गर्दैनन् । मेरो त व्यवसाय हो बेच्नै पर्छ । तर, यिनै विद्यार्थी पछि गएर बेरोजगार हुन्छन् ।’

हाल प्रोलिफिक कम्प्युटरमा कम्प्युटर सिकाउनुको सिवाय विभिन्न भाषाका कक्षाहरु पनि सञ्चालनमा रहेका छन् । कुनै बेला टिकाउनै कठिन भएको प्रोलिफिकको हाल वार्षिक ३० लाखमाथि आम्दानी भएको सञ्चालकहरु बताउँछन् । उनीहरुले युवाहरुलाई विदेश नजान आग्रह गरेका छन् । जुनै काममा पनि सुरुवाती चरणमा गाह्रो हुने तर पछि फाइदा हुने उनीहरु बताउँछन् ।

धुलाबारीमा प्रधान कार्यालय रहेको यस इन्स्टिच्यूटको इटाभट्टा शाखा पनि सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : बैशाख २०, २०८० बुधबार  ३ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]