बैशाख १२, २०८१ बुधबार

अर्जुनधारा स्टारको सेमिफाइनल बैशाख २८ गते

झापा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’ को सेमिफाइनल राउण्डको प्रतिस्पर्धा बैशाख २८ गते हुने भएको छ ।

यसअघि बैशाख २३ गते हुने भनिएको प्रतिस्पर्धा बैशाख २८ गतेका लागि सारिएको प्रतियोगिताका संयोजक तथा सारेगम कला केन्द्रका संचालक सन्तोष आले मगरले जानकारी दिनुभयो ।

प्रतियोगिहरुले तयारीका लागि समय कम हुने भन्दै केही पछि सार्न आग्रह गरेपछि सेमिफाइनल राउण्ड २८ गतेका लागि तय भएको उहाँले बताउनुभयो ।

अर्जुनधारा–३ स्थित कैदले पर्यापर्यटन क्षेत्रमा रहेको गृनेरी हलमा सेमिफाइनल राउण्डको प्रतिस्पर्धा हुने छ ।

यसअघि दोस्रो चरणको छनोट (मेघा अडिसन)बाट छनोट भएका ४१ जना प्रतिस्पर्धीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

मेघा अडिसनबाट सेमिफाइनलका लागि नृत्य तर्फ २१ र गायन तर्फ २० जना प्रतिस्पर्धी छनोट भएका छन् । दोस्रो चरणको छनोटमा गायनतर्फ दिपक रायमाझी र कमला नेम्वाङ तथा नृत्यतर्फ राज लावती र सुवोद रसाइली निर्णायक हुनुहुन्थ्यो ।

सेमिफाइनलबाट फाइनलका लागि नृत्य र गायन दुवै तर्फ ७÷७ जना प्रतिस्पर्धी छनोट हुने बताइएको छ । प्रतियोगिताको फाइनल जेठ ६ गते हुने छ ।

गायन र नृत्य दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीले क्रमश जनही ३० हजार, २० हजार र १० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै शैक्षिक छात्रवृत्ती लगायतका सुबिधाहरु प्रदान गरिने आयोजकले बताएको छ ।

सारेगम कला केन्द्रको मुख्य आयोजना, अर्जुनधारा सचेत युवा समूह र डी वल्र्ड डान्स कम्पनी एण्ड साउण्डको सह–आयोजनामा संचालन भएको प्रतियोगितामा अर्जुनधारा नगरपालिकाको विशेष सहयोग रहने बताइएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार  ५ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]