बैशाख १३, २०८१ बिहीबार

महिला फुटवल खेलाडी उत्पादन गर्दै इटहरी उपमहानगर

सुनसरी । इटहरी उपमहानगरले महिला फुटवल खेलाडी उत्पादनका लागि कार्यक्रम सुरु गरेको छ ।

उपप्रमुख लक्ष्मी गौतमका अनुसार महिला फुटवल खेलाडी तयार गर्नका लागि उपमहानगरले १ महिने निःशुल्क छात्रा फुटवल प्रशिक्षण सुरु गर्न लागेको छ । मंसीर १ गते देखि सुरु हुने प्रशिक्षणका लागि इटहरीका सवै सामुदायिक तथा संस्थागत विद्यालयलाई २÷२ जना छात्राको नाम खेलकुद शाखामा पठाउन माग गरिएको छ ।

सहभागी छात्राका लागि जर्सि र जुत्ताको उपमहानगरले ब्यवस्था गर्ने बताइएको छ । यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिता गरिसकेको छ । छात्राहरुलाई प्रशिक्षण दिई फुटवल खेल प्रति आकर्षित गर्दै खेलाडी तयार गर्न इटहरी उपमहानगरले विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा छात्रा फुटवल प्रशिक्षण आयोजना गरिएको उपमेयर गौतमले जानकारी दिइन् ।

प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार  ३ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]