बैशाख १२, २०८१ बुधबार

वैदेशिक रोजगार सम्बन्धी कानुनी सचेतना

शनिश्चरे । युवा महिला लक्षित कार्यक्रम अन्तर्गत वैदेशिक रोजगार सम्बन्धी १ दिने कानुनी सचेतना प्रशिक्षण कार्यक्रम अर्जुनधारामा शुक्रबार सम्पन्न भएको छ ।

सम्बोधन महिला सरोकार केन्द्र झापाको आयोजना र अर्जुनधारा नगरपालिका– ४ वडा कार्यालयको संयोजनमा स्थानीय अर्जुनधारा माध्यमिक विद्यालयमा सम्पन्न भएको हो । वडा अध्यक्ष अम्बर बहादुर कटुवालले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए । वडा सदस्य कोपिला थापाको सभापतित्व तथा महिला सरोकार केन्द्रकी अध्यक्ष लक्ष्मी न्यौपानेको सञ्चालन रहेको कार्यक्रममा सामी परियोजना झापा संयोजक फणीन्द्र दाहाल र रोजगार संयोजक होमनाथ भट्टराईले सहजीकरण गरेका थिए । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि कटुवालले युवा शक्तिलाई सीपमुलक तालिम दिए मात्र स्वदेश र विदेशमा युवाहरुले रोजगारीको अवसरहरु पाउने बताएका छन् ।

बेरोजगार युवा महिलाहरुलाई आत्मनिर्भरका लागि सीप सिक्न आग्रह समेत गरे । कार्यक्रममा वडा सचिव सुरज राजवंशी, अर्जुनधारा नगरपालिका – ४ टोल संयोजक विवेक कार्की , प्रशिक्षकद्वय दाहाल र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वदेशमा नै रोजगारी गरौँ ,वैदेशिक वैदेशिक रोजगारीमा जाने भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा ६० जना भन्दा बढी युवा महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]