बैशाख १३, २०८१ बिहीबार

बिद्यार्थीले दले कनकाई क्याम्पसका अध्यक्ष चुडाललाई कालोमसो

बिर्तामोड । कनकाई बहुमुखी क्याम्पस सुरुङाका संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई बिद्यार्थीले कालोमोसो दलेका छन् ।

१ महिना देखि क्याम्पसमा जारी आन्दोलनले उग्र रुप लिएपछि बिद्यार्थीले मसो दलेका छन् । आज बिहान संचालक समितिको बैठकपछि अध्यक्ष चुडालमाथी बिद्यार्थीले मोसो दलिएको बताइएको छ ।

प्राध्यापकले तलब माग्दा प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनालाई जागिरबाट हटाइएपछी क्याम्पसमा बिबाद सुरु भएको थियो । बिद्यार्थीले तिम्सिनाको पुनरबाहलीको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका थिए ।

आज बिहानको बैठकमा समेत क्याम्पस संचालक समितिले समाधन गर्न नसकेपछि बिद्यार्थी आक्रोशित भएका थिए । सोही घटनाले क्याम्पसमा तनाव भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]