बैशाख ६, २०८१ बिहीबार

कोभिड–१९ बाट ७६ जना सङ्क्रमित

बिर्तामोड । पछिल्लो २४ घन्टामा ७६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन् ।

यस्तै, मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप दिइने जानकारी दिएको छ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]