बैशाख १३, २०८१ बिहीबार

१०८ कुण्डीय कोटिहोमको तयारी अन्तिम चरणमा

विनोद सापकोटा

झापा । ‘पर्यटन भ्रमण वर्ष, २०२०’ को पनी प्रचार हुने उद्धेश्यले नेपालमा पहिलो पटक गौ संरक्षणका लागि आयोजना गर्न लागिएको कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । कार्तिक २७ देखी मंसिर ९ सम्म हुने श्री सताक्षी धार्मीक महोत्सव एव १०८ कुण्डीय कोटिहोमको तयारी अन्तिम चरणमा पुगेको मुल आयोजक समारोह समितिका अध्यक्ष सोम पोर्तेलले जानकारी दिएका छन ।

??

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थीत माहाभारत कालिन ईतिहाससँग जोडिएको धार्मीक तथा पर्यटकीय सताक्षीधाममा पहिलो पटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटीहोम हुन लागेको हो । अन्तराष्ट्रिय बिद्धत परिषदका प्रवक्ता आचार्य घनस्याम खनालले नेपालमा भन्दा भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालधिप्स, अफ्रिका लगायत अन्य मुलुकमा सताक्षीधाममा आयोजना हुने कोटिहोमको प्रचार प्रसार तिव्र भएको जानकारी दिए ।

पोष्टर, पम्लेटिङ्ग, माईकिङ्ग, ठाँउ ठाँउमा काटिहोमको महत्व र यसको आवश्यकताका विषयमा जानकारी दिएर अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसारलाई तीव्र बनाईएको प्रवक्ता खनालले जानकारी दिएका छन् । भारतको दिल्ली, वृन्दावन, मथुरा, गुजरात, हरिद्धार, मुम्वई, कलकता, बनारस लयात पश्चिम बंगालमा प्रचार प्रसारका लागि सयौ नेपाली भाषी र स्थानीय हिन्दुवादी स्वयम सेवक परिचालित भएका छन् । आयोजकले नेपालबाहेक बिश्वका २० हजार पर्यटक कोटीहोममा सहभागी हुने दावी गरेको छ । यस्तै नेपालका ५ लाख आन्तरिक पर्यटक सताक्षीधाम आएर कोटीहोममा सहभागी हुने आयोजक समितिका सहसंयोजक शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

??

गोलोक गोवद्र्धन गौसालाका अध्यक्ष तथा धार्मीक महोत्सव मुल आयोजक समारोह समितिका संरक्षक नन्दकिशोर भारद्धाजले गाईको महत्व, आवश्यकता र शास्त्रीय गुणको बारेमा सर्वसाधरणलाई चेतना दिनुका साथै पर्यावरणीय शुद्धीका लागि कोटिहोमको आयोजना गर्न लागिएको बताए । गौसालका पिठाधिस समेत रहेका आचार्य नन्दकिशोर भारद्धाजले कोटीहोम संगै श्रीसताक्षी अष्टोत्तरशत्कुण्डीय श्री गोपाल महायज्ञ (कोटीहोम) एवं श्रीमद्देवीभागवत कथा महोत्सव समेत आयोजना हुने बताएका छन् ।

??

कोटिहोममा नेपाल लगायत विश्वका ५५१ जना ब्राम्मणले दैनिक होम गर्ने आयोजक ले जनाएको छ । यो संख्यामा पोल्याण्ड, सिंगापुर, भारत, अमेरिका, जोर्डन र जर्मनका चर्चित धार्मीक वक्ता पनि रहने छन् । कोटिहोममा आउने अतिथीका लागि करिव ३५ वटा कुटी निर्माणको अन्तिम चरणमा पुगेको छ । एउटा कुटीमा वढीमा ४ जनासम्म विदेशी पाहुना अटाउन सक्नेछन । वाँसका किला, खर र टाटीको वेरामा निर्माण भएको कुटी एटेच वाथरुम सहित हुने छ । आयोजकका अनुसार विदेशी पाहुना र सर्वसाधरणको सुरक्षाको लागि नेपाल सरकारसँग सुरक्षा व्यवस्था मागिने छ । त्यसका अलवा स्यमसेवक, सिसि क्यामेरा र ड्रोन क्यामेराबाट कोटिहोम स्थलको सुरक्षा व्ययस्था कडा बनाईने छ ।

??

कोटिहोमका लागि गजुर सहित ७ तलाको वाँस जन्य बस्तुबाट जडित यज्ञकुण्ड निर्माण सम्पन्न भएको छ । कोटिहोमका लागि आयोजकले २ करोड रुपैयाँ खर्च हुने अनुमान समेत गरेको छ । आयोजकका अनुसार सवैभन्दा धेरै खर्च चरु २७ हजार किलो ग्रामको ७१ लाख हुने बताईएको छ ।
कोटिहोममा आगन्तुक पाहुनको स्वागतका लागि पूर्व पश्चिम राजमार्गमा ३० वटा स्वागतद्धार निर्माण भएका छन् भने सहायक मार्गमा १० वटा स्वागतद्धार निर्माण सम्पन्न भएको छ । पिउने पानी, आवास, भोजनालय, विद्युत लगायतका पूर्वाधार निर्माण भईसकेका छन् भने मोवाइलका सेवाग्राहीका लागि नेटवर्कको व्यवस्था मिलाउने काम भईरहेको छ ।

झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले सताक्षीधाम धार्मीक महोत्सवका लागि सुरक्षा व्यवस्था कडा पारिने बताए । आवश्यक जनशक्ति सताक्षीधाममा पठाउने तयारी भईरहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]