बैशाख १७, २०८१ सोमबार

एमाले केन्द्रीय बैठकलाई १७ सूझाव

बद्री भट्टराई

नेपालमा आज भन्दा ७५ वर्ष पहिले नेपाल कम्यूनिष्ट पार्टीको उदय भएको थियो । सामन्तवादको अन्त्य गर्दै जनताको जनवादी गणतन्त्र स्थापना यसको मूल उद्देश्य थियो । २०१९ सालको ने.क.पा. को दोस्रो माहाधिवेसन लालदरवारमा सम्पन्न भएको थियो । केशरजंग रायमाझी महासचिव भए संगै कम्यूनिष्ट पार्टी लगभग विगठन भएको थियो । क्षतविक्षत भएको थियो । विभिन्न स–साना गट–उपगुट र विचारधारा समूहमा विभक्त कम्यूनिष्ट आन्दोलन झापा विद्रोह मार्फत पुनरगठित हुँदै २०३५ सालमा ने.क.पा. माक्र्सवादीले लेलिनवादी अर्थात ने.क.पा. मालेको स्थापना भयो । नयाँ क्रान्तिकारी सोच, दृष्टिकोण र कार्यक्रमका साथ पुनर्गठित ने.क.पा मालेनै आजको ने.क.पा एमाले हो ।

झापाको वर्ग संघर्षवाट स्थापित ने.क.पा. एमालेको माले कालमा हालको शिवसताक्षी –२, तत्कालिन धरमपुर– ५ का देवी रेग्मीको घरमा २०४४ सालमा पार्टीको दोस्रो विस्तारित वैठक भए यता पार्टी केन्द्रिय कमिटीको बैठक झापाको दमकमा २०८० वैशाख २९–३१ गते सम्पन्न हुने र २०८० जेष्ठ–१ गते भव्य समारोहका विच निर्णय सार्वजनिक गर्ने कुराको खवरले आज झापाली कम्यूनिष्टहरु खास गरि ने.क.पा. एमालेका कार्यकर्ताहरु पुनः एक पटक गौरवान्वित भएका छौं । झापा आन्दोलनको मार्ग चित्रवाट निर्देशित ने.क.पा. एमालेको केन्द्रिय कमिटीको यो बैठकले नेपाली वाम लोकतान्त्रिक आन्दोलनको कोशे ढुंगा सावित हुने किसिमका निर्णयहरु पक्कै पनि गर्ने नै छ ।

नेपाली वर्तमान मुद्दा राजनीतिक अकर्मन्यतालाई परास्त गर्र्दै अग्रगामी परिर्वतनको मार्ग प्रसस्त गर्ने गरि गम्भीर बहस र निर्णयहरु हुने कुरामा आमनेपाली जनता विश्वस्त समेत छन् । वर्तमान नेपाली राजनीतिको अस्थिरता, सत्ता लिपसा भ्रष्टाचार, वितृष्णा, अराजकता, आर्थिक मन्दी, स्थापित पुराना ऐतिहासिक दलहरु प्रतिको अविश्वासलाई यो बैठकबाट हुने निर्णयहरुले निश्चित रुपमा परिवर्तन गर्छ र नयाँ मोडमा मुलुक अगाडि बढाउन सक्षम हुनेछ । यस्तो अग्रगामी परिवर्तनको निर्णयको प्रतिक्षामा नेपाली जनताहरु व्यग्रतापूर्वक प्रतिक्षारत भइरहेको समयमा झापामा बैठक हुनुले अर्थपूर्ण ढंगले हेरिएको छ । यस्तो गर्वपूर्ण वैठकमा सहभागी हुन आउनुहुने सवै कमरेडहरुलाई म आफू झापाली भएको नाताले परिवर्तनकामी एक कार्यकर्ताको हैसियतले हार्दिक स्वागत अभिवादन गर्दछु । लाल सलाम भन्न चाहान्छु ।

माक्र्सवादको सृजनात्मक प्रयोगको क्रममा उदय भएको जनताको बहुदलीय जनवादको कार्यक्रम आज नेपाली क्रान्तिको मौलिक कार्यक्रम मात्र नभएर माक्र्सवाद लेलिनवाद सँगसँंगै मार्गदर्शक सिद्धान्तको रुपमा स्थापित छ । जनताको बहुदलीय जनवादको प्रकाशमा सिद्धान्तसँग वेमेल व्यवहारहरुमा कार्यकर्ताहरुले परिवर्तन गर्न दृढ संकल्पित हुँदै अघि बढ्नु आजको अपरिहार्य आवश्यकता हो । ने.क.पा. एमालेले पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । नेतृत्व गरेको समयमा अधिकतम प्रगतिशिल सुधारका कार्यक्रमहरु ल्याएको छ । विकास निर्माणमा नयाँ नयाँ आयामहरु थपिएका छन् । भौतिक रुपमा धेरै परिवर्तनहरु पनि भएका छन् । तर पनि जनताहरु सन्तुष्ट छैनन् । यसको मतलव आज पनि नेपाली जनता निर्माणमा भन्दा पनि आलोचनामा सत्ता पक्षीय भन्दा पनि प्रतिपक्षीय भूमिकामा रमाउने प्रवृत्ति दोहोरिएको छ । ठूला ठूला राजनीतिक परिर्वतनका वहाक शक्तिहरु आज साना–साना कमजोरीका कारण वद्नाम भएका छन् ।

नयाँ टपरटुइयाँहरुका भद्दा गफ रुचाइएको छ । गरिएका काम र प्राप्त उपलब्धीहरु फिक्का सावित गर्न खोजिदैछ । मुफ्तमा अरुहरु अनावश्यक हिरो हुने अवशर प्राप्त गरेका छन् । चुनौतिहरु थपिएका छन् । फगत गफ आज मन्त्र भएको छ । क्रान्ति भएको छ । गफाडी भगवान । क्रान्तिकारी परिवर्तन गर्ने राष्ट्रको पक्षमा उभिने, जनजीविकाको वकालत र ग्यारेन्टीको रुपरेखा तयार गर्ने चोर, डाका त्यसैले अन्य राजनीतिक पार्टीले के गर्दैछन् । थाहा छैन केही गर्लान कि भन्ने आशा एवम् विश्वास पनि छैन् । ने.क.पा. एमाले अहिले पनि नीति, सिद्धान्त, दर्शन, इमानदारिता र इच्छाशक्तिका हिसावले अब्बल राजनीतिक शक्ति हो । जनताको आशा भरोसाको केन्द्र हो । आस्था र विश्वासको पुञ्ज हो । तर पार्टी नेता र कार्यकर्ताहरुका व्यवहार जीवनशैली आचरण जनताले नरुचाउने मात्र हौइन कतिपयका त दुष्कार्न लायक भएको गुनासो छ । सच्याउनु पर्ने देखिन्छ । कतै व्यवहारगत त्रूटीका कारण ने.क.पा. एमाले पनि विवादमा मुछिएको होइन जनताबाट विस्थापित हुदै गएको होइन समिक्षाको विषय बनेको छ ।

हो, ने.क.पा एमालेको केन्द्रिय कमिटीको वैठकले आजको समग्र राजनीतिक परिस्थितिको विश्लेषण गर्दै पार्टी नेता, कार्यकर्ताले अपनाउनु पर्ने अनुशासन, जीवनशैली, आचरण, वर्गसंघर्ष र यसमा खेलिने भुमिकाका साथै भावीदिनमा गर्नुपर्ने कामको रोडम्याप तयारी गर्दै अगाडि बढ्नु पर्दछ । केही सुझावहरु तपशिल बमोजिम सुत्रवद्ध गरिएको छ ।

सुझावहरु

१. स्वच्छ छवि र आचरणयुक्त कार्यकर्ताको उत्पादन र नेतृत्वमा विकास एव्म जिम्मेवारी

२. पार्टी स्कुल सञ्चालनका निम्ति आधारभूत माध्यमिक एव्म उच्च तहको पाढ्यक्रम तयारी, नियमीत रुपमा पार्टी स्कुल सञ्चालन ।

३. भ्रष्ट, खराव आचरण भएका र पार्टी निर्णय विरुद्ध उभिने नेता कार्यकर्तालाई विदाई ।

४. विषयगत क्षेत्र अनुरुपका जन संगठनहरुलाई सो क्षेत्रका वर्गसंघर्षका कार्यक्रम तय गरि कार्यान्वयन गर्न । गराउने ।

५. पार्टीको प्रदेश कमिटी भन्दा मातहतका हरेक अधिवेषन पुरानो पुस्ताले नयाँ पुस्तालाई नेतृत्व हस्तानान्तरणको अधिवेशनको रुपमा स्थापित गर्ने ।

६.एक व्यक्ति एक पद र एक जन संगठनको जिम्मेवारी ।

७. समान तहमा र पदमा दुई पटक भन्दा बढी रहन नहुने ।

८. हरेक कार्यकर्तालाई उत्पादन कार्यसँग जोड्ने ।

९. रोजगारीका अवसर सृजना गर्ने ।

१०. व्यापार घाटा घटाउने ।

११. प्रतिपक्षीय भूमिका सशक्त बनाउने ।

१२. यो कार्यकाल भरी संघीय सरकारमा नजाने

१३. सरकारी कार्यालयहरुको ढीला सुस्ती अन्त्य गर्ने ।

१४. प्रदेश र स्थानीय सरकार भएका ठाँउमा इमान्दारिता पूर्वक विकास निर्माणको काम गर्ने ।

१५. आफ्नो सरकार नभएका ठाँउमा जनताको बलले बजेट विनियोजन गर्न बाध्य बनाउने । सशक्त खवरदारी गर्ने ।

१६. पार्टी काम नियमित रुपमा सुसंचालन गर्ने ।

१७. आवश्यकता अनुसार जनता र राष्ट्रलाई हित हुने सवै कार्यहरु गर्ने ।

अन्त्यमा नेपालमा रहेका सामाजिक तथा राजनीतिका विरुद्ध सशक्त भूमिका निर्वाह गर्दै जनता विचमा अक्षुणरुपमा स्थापित भइरहने । सामाजिक सेवामा निस्वार्थ लागिरहने प्रतिबद्धता गर्दै भावी कार्यक्रम तय गर्न यो वैठकको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।

हार्दिक अभिवादन सहित

लालसलाम !

प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]