जेष्ठ ६, २०८१ आईतबार

आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पूर्जी किन जारी भएन ?: देवेन्द्र दाहाल

काठमाडौं – राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पूर्जी हुन नसकेको हो ? भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न उठाउनुभएको हो। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको बताउनु भयो।

नक्कली भूटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसदमा नेकपा एमालेले उठाएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे, यो हल्लै हल्लाको देश हो। यसमा आरजु देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ। उहाँहरुलाई यो सरकारले पक्राउ पूर्जि त जारी गरेको छ भन्ने सुनेको छैन। अर्कोतिर प्रधानमन्त्रीले यो त ट्रेलर मात्रै हो, वास्तविक फिल्म त आउन बाँकी छ, के भन्नुभएको हो ? कुन फिल्म देखाउनु हुन्छ। फिल्महरु हेर्दै जाने समय आएको छ। सरकारको नेतृत्व गरेर कसैले बदमासी गरे कारबाही गर्ने दिशामा लाग्नुपर्ने हो। कुनैपनि प्रकरणमा कसैको गल्ती भएको छ भने कारबाही हुनुपर्छ, नेकपा एमाले ढाकछोप गर्ने पक्षमा छैन। हाम्रै सांसदले यो प्रकरण उठाउनुभएको हो, सबैभन्दा पहिला नेकपा एमालेले उठाएको हो,। यस्ता बकवास यो सरकारले बन्द गरोस्।’

उहाँले पूर्वसहसचि बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग गर्नुभयो।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]