बैशाख ७, २०८१ शुक्रबार

प्रदेश प्रमुख प्यासीद्वारा सुखानीमा माल्यार्पण

अर्जुनधारा । प्रदेश नम्बर १ सहिद र राजनीतिक इतिहासको प्रदेश भएको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बताएका छन् । उनले समय सापेक्ष भएको प्रदेश नं. १ मा सौन्दर्यता थप्ने काम सबैले मिलेर गर्नुपर्ने आग्रह गरेका छन् ।

प्रदेश प्रमुखमा नियुक्तीपछि बिहीबार झापा आएका उनले सहिद साहदत स्थल र सुखानी पार्कमा रहेका सहिदहरुको शालिकमा माल्यार्पण सहित पुष्पगुच्छा अर्पण गर्दै सो कुरा बताएका थिए ।

कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियात, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, प्रतिनिधिसभा सदस्य पवित्रा खरेल, संविधानसभा सदस्य प्रेम गिरी, प्रदेशसभा सदस्य विर्ख प्रधान, एकराज कार्की, जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, माई नगरपालिकाका मेयर दिपक थेवेलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार  ६ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]