जेष्ठ ४, २०८१ शुक्रबार

मेचीनगरमा सुरु भयो रिकन्डिसन सेन्टर

मेचीनगर । मेचीनगर–७, आयाबारीमा नगरकै पहिलो रिकन्डिसन सेन्टर वल्ड रिकन्डिसन एण्ड सर्भिस सेन्टरको  उद्धाटन सुरुवात भएको छ ।

यस रिकन्डिसन सेन्टरको उद्धघाटन मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले रिबन काटेर गरेका हुन् । उद्धघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले ग्राहकलाई विश्वासनीय र भरपर्दो सेवा दिन रिकन्डिसन सेन्टरका सञ्चालकहरुलाई आग्रह गरेका छन् ।

उनले अन्य रिकन्डिसन सेन्टरमा भन्दा राम्रो गुणस्तरीय सेवा दिन सके यस सेन्टरमा ग्रहाकहरुको विश्वास बढ्ने बताएका छन् । साथै नगरपालिकामा सूचीकृत भए नगरपालिकाको सवारी साधनहरु यही मर्मत गर्न आश्वसन समेत दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, समाजसेवीहरु माधव अर्याल, सुरेन्द्र बुढाथोकी, सुशिल आचार्य, बसन्त तिवारी, हर्क फ्याक, सुकमाया लिम्बु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सर्भिस सेन्टरका प्रबन्ध निर्देशक ओमप्रकाश खापुङलले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधानका सबै प्रकारका पाटर्सहरु बिक्री वितरण र मर्मत गरिने बताए । उनका अनुसार बजार भाउँभन्दा केहि कममा सो सेवाहरु उपलब्ध गरिने छ ।

दक्ष, लगनशिल र केहि गर्न चाहने यहाँका स्थानीय युवाहरुलाई सेन्टरले सिटी सफारी किनिदिएर रोजगारी स्रिजना गरिदिने समेत उद्देश्य रहेको खापुङको भनाई छ । सेन्टरमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको ईटाभट्टा चोकदेखि थोरै पूर्वउत्तरमा स्थानीय उमेश थापाको २ कठ्ठा जग्गा लिजमा लिएर सो सेन्टर सञ्चालनमा ल्याइएको छ ।

माइ वल्ड रिकन्डिसन एण्ड सर्भिस सेन्टरका सञ्चालक नारायण चोमबाङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको औचित्य माथि प्रकाश एवम् सञ्चालन प्रबन्ध निर्देशक ओमप्रकाश खापुङले गरेका थिए ।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  ४ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]