जेष्ठ ६, २०८१ आईतबार

ठेकेदार र कर्मचारी मिलेर भ्रष्टाचार गर्छन्ः देवेन्द्र दाहाल

काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले भ्रष्टाचार ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा हुने गरेको बताउनु भएको छ ।

आज बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिवद्धताहरु पनि माग गर्नुभयो । उहाँले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतस्म्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरु रोक्न सरकारले चालिरहेको कदमबारे प्रश्न गर्नुभयो ।

हस्ताक्षर गर्दा कर्मचारीले ‘साइनिङ मनि’ लिने प्रवृति रहेको उहाँको टिप्पणी छ । ‘‘कर्मचारीले सचिवले साइनिङ मनि लिने, दुई प्रतिशत, तीन प्रतिशत कति हुन्छ त्यो गोजीमा हालिहाल्ने,’ उहाँ भन्नुहुन्छ, ‘ठेकेदारले मोबिलाइजेनशको रकम लिने। त्यो रकम अरु नै काममा लगाउने । यो भएपछि आयोजना लथालिंग हुन्छ । अगाडि बढ्दैन । वर्षौंदेखि यो क्रम बढिरहेको छ। तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन् ।’

यसरी विभिन्न माध्यमबाट भ्रष्टाचारको पुलिन्दा थपिंदै गइरहको उल्लेख गर्दै उहाँले सरकारलाई भ्रष्टाचार न्युनीकरणमा प्रष्ट हुन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार  १ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]