जेष्ठ ६, २०८१ आईतबार

बालकृष्ण खाणलाई कांग्रेसले तत्काल कारवाही नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल कारवाही नगर्ने भएको छ । आज बसेको पदाधिकारी बैठकमा उनको विषयमा सामान्य छलफल भए पनि तत्काल कारवाही आवश्यक नभएको ठहर भएको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले खाणले अनुसन्धानलाई सघाइरहेको बताए । पक्राउ पर्ने बित्तिकै दोषी भन्न नमिल्ने उनको भनाइ थियो ।

‘उहाँ बुटवल जानुभएको थियो । त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो । तर निवासबाटै पक्राउ पर्नुभयो । उहाँले अनुसन्धानमा सघाइरहनुभएको छ । हामीले अदालतको निर्णय पर्खिनुपर्छ’, उनले भने ।

कांग्रेस दोषीलाई उम्काउने पक्षमा नभएको उनले बताए । अनुसन्धानलाई पार्टीले सघाउनुपर्नेमा सबै सहमत रहेको उनको भनाइ थियो ।

परियारले तत्काल कारवाही नगर्ने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको बताए । हिजोको बैठकमा केही नेताले निलम्बन गर्नुपर्ने धारणा राखेको भनि प्रकाशित समाचारको उनले खण्डन गरे ।

‘यो विषयमा कसैले पनि फरक मत राख्नुभएको छैन, समाचारले भ्रम सिर्जना गरेको मात्र हो,’ उनले भने ।

प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]