भारतले कुनै पनि नेपाली भूमि नमिचेको दाबी
भारतले कुनै पनि नेपाली भूमि नमिचेको दाबी गरेको छ। नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नयाँ नक्सामा आफूतर्फ गाभेको भन्दै आलोचना भइरहेका बेला उसले यस्तो स्पष्टीकरण दिएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनका क्रममा सोधिएको प्रश्नमा नेपालसँगको सिमारेखामा कुनै हेरफेर नगरिएको दाबी गर्नुभएको हो ।
भारत सरकारले भन्यो,–‘ कालापानी क्षेत्र नेपालकै हो, भारतको नक्सा मान्दैनौं हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ।
नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन, उहाँले भन्नुभयो, नेपालसँग सिमानामा अहिलेकै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन ।’ प्रवक्ता कुमारले भारत आफ्ना निकट छिमेकीहरुसँग द्विपक्षी सम्बन्धका क्रममा उठेका सवाललाई वार्ताद्वारा समाधानका लागि तयार रहेको पनि बताउनुभयो ।
हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्पिक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोर्होयाउँछौं, साथै निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश गरिरहेका तत्व विरुद्ध एकजुट हुन जरुरी छ।