जेष्ठ ६, २०८१ आईतबार

साइकल यात्रा विभेदविरुद्ध खवरदारी

सम्पादकीय
सबै खाले विभेद विरुद्ध आवाज उठाउदै तीन पत्रकारले महाकालीदेखि मेचीसम्मको साइकल यात्रा पुरा गरेर फर्किएका छन् । पत्रकार रिता बुढाथोकी, इन्दिरा विश्वकर्मा र संगिता नेपालीले साइकल यात्रा पुरा गरेर विभेद विरुद्ध अझै खवरदारी आवश्यक रहेको सन्देश प्रवाह गरेका छन् । नेपाली समाजमा रहेको सबैभन्दा भयानक, अमानवीय भनेको जातीय विभेद हो । जसका कारण आज पनि मान्छेले मान्छेको दर्जा पाउन सकेको छैन । म पनि मान्छे हुँ भन्दा अहिले पनि निर्घात कुटपिट सहनुपरेका कयौं घटनाहरु समाजमा पर्याप्त छन् ।

जहाँ विकास र शिक्षामा नागरिकको पहुँच छ त्यहाँ भेदभावको समस्या कमै मात्रामा देखिन्छ । तर, देशभित्रै कथित दलित समुदायमाथि चरम विभेद भइरहेको छ । विगतमा जस्तो सिधा विभेद आज छैन । कुवाकुलो, मठमन्दिरमा रोक्ने गरीकै विभद हटेपनि व्यवहारिक रुपमा अझै जातपातमा भेदभाव छ । संविधानले सबै जातजाति समान भनेको छ । तथापि, हिजोको सामन्त परिवार आज पनि जातीय विभेदजन्य अपराध संरक्षणमा दत्तचित्त भएर लागेको पाइन्छ । विकसित ठाउँमा विभेदको अवस्था जर्जर छैन, तर अहिले पनि दुरदराजमा जातीय विभेदको अवस्था कहालीलाग्दो छ । घुमाइफिराई विभेद गर्ने गरिन्छ ।

मान्छे–मान्छे बीचमा समानता समाजले अझै स्वीकारेको छैन । शिक्षित मान्छेहरु पनि अहिले परिवारमा वृद्धवृद्धा देखाएर विभेदको श्रृङखला बचाइरहेका छन् । उनीहरु शिक्षित भएर पनि विभेद गलत हो, अपराध हो भन्न सकिरहेका छैनन् । जातपातको विभेद मात्र होइन, नेपाली समाजमा रहेका सबैखाले विभेदको अन्त्य हुनुपर्छ । २१ औं शताब्दीमा पनि साइकल यात्रा गर्दै जातपातमा विभेद नगरौं, हामी सबै समान हौं भन्ने सन्देश दिइरहनुपरेको छ । यसैले बदलिएको विभेदको रुपलाई समेत अन्त्य गर्न रचनात्मक आन्दोलनको खाचो देखिन्छ । जसरी साइकल यात्राबाट विशाल सन्देश दिइएको छ, त्यसरी नै विभेद विरुद्ध बुलन्द आवाज उठाउन जरुरी छ ।

प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]