बैशाख १४, २०८१ शुक्रबार

कनकाई घटनाको सबै जिम्मेवारी सञ्चालक समितिले लिनुपर्छ : अनेरास्ववियू

बिर्तामोड । कनकाई बहुमुखी क्याम्पस सुरुङामा भएको सबै प्रकारको घटनाको जिम्मेवारी क्याम्पस प्रशासन र सञ्चालक समितिले लिनुपर्ने भन्दै अनेरास्ववियू झापाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

बिहीवारको घटनालाई लिएर अनेरास्ववियू झापाले विज्ञप्ति जारी जारी गर्दै सञ्चालक समितिको कदमको घोर भत्सर्ना गरेको छ । विज्ञप्तिमा भनिएको छ, – क्याम्पसमा देखिएका विकृति तथा विना कारण प्राध्यापक निष्कासनको सन्दर्भमा संगठनको पूर्व निर्धारित विरोध कार्यक्रम चलिरहँदा सञ्चालक समिति अध्यक्ष प्रकास चुडालले बाहिरी मान्छेको प्रयोग गरेर विफल पार्न खोज्नु आन्दोलनकै प्रतिकार हो । सो संगठनले उक्त उश्रृङखल कार्यलाई निच र गैरकानुनी भनेको छ ।

विधार्थीको जायज माग पुरा गर्दै शैक्षिक वातावरण सहज बनाउन माग गरिएको विज्ञप्तिमा अनेरास्ववियु क्याम्पस जिल्ला कमिटीका अध्यक्ष मनोज ताम्ली, भूगोल कमिटी अध्यक्ष दुर्गा धमला र अनेरास्ववियु (क्रान्तिकारी) झापाको अध्यक्ष अनिल सुवेदीले हस्ताक्षर गरेका छन् ।
विधार्थीको शान्तिपूर्ण विरोध कार्यक्रममा अध्यक्षले अभद्र व्यवहार देखाएको भन्दै उनी विरुद्ध मुद्धा दर्ताको तयारी गरिएको अनेरास्ववियु झापाका अध्यक्ष मनोज ताम्लीले जानकारी दिए ।

१ महिनादेखि आन्दोलनरत विधार्थीले सहज रुपमा पठनपाठन हुनुपर्ने माग गर्दै आएका छन् ।
प्राध्यापकहरुले ०७५ चैतदेखि तलव नपाएपछि भदौबाट तलव माग गर्दै आएका थिए । तलव मागेकै कारण प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनालाई निष्कासन गरिएको दावी गरिएको छ । प्राध्यापक संघका अध्यक्ष तिम्सिनालाई निष्कासन गरेपछि अन्य प्राध्यापक पेन डाउन गरी आन्दोलनमा होमिएका छन् ।

राजनीतिक भागबन्डाको आधारमा गठन भएको सञ्चालक समितिमा कोषाध्यक्ष सहित ६ जना सदस्यले नेतृत्वको गलत गतिविधि प्रति असन्तुष्टी राख्दै सामुहिक राजीनामा दिएका छन् ।
यता, क्याम्पस प्रशासनले मावि तहको स्थायी शिक्षक भएकाले तिम्सिनालाई निस्काशन गरिएको जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]