चैत्र १६, २०८० शुक्रबार

थप ३७ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन र १४ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १२६ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार  ६ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]