बैशाख ८, २०८१ शनिबार

झापा अखिलका नौ विधार्थी नेता विरुद्ध जाहेरी

लीलाराज झापाली

सुरुङ्गा । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका सञ्चालक समिति अध्यक्ष प्रकास चुडालले ९ जना विधार्थी विरुद्ध जाहेरी दिएका छन् । चुडालले आफुमाथि अभद्र व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएको बताए । उनलाई बिहीवार आफै अध्यक्ष रहेको क्याम्पसमा विधार्थीले कालोमसो दलेका थिए ।

चुडालले क्याम्पसका अखिलका विद्यार्थी नेताहरु नारायण पोखरेल , नविन राई , उत्सव बाँस्तोला, अनुप भण्डारी, रविन गुप्ता, रोशन सुवेदी, गोपी चापागाई, ऋषिराम पोखरेल र भीष्म पौड्याल विरुद्ध जाहेरी दिएका छन् । यता, अनेरास्ववियु झापाका अध्यक्ष मनोज ताम्लीले क्याम्पसमा भइरहेको गलत गतिविधि विरुद्ध विधार्थी संगठन उभिएको बताएका छन् । उनले अखिलका विधार्थीमाथि पूर्वाग्रही नभई क्याम्पसको समस्या समाधान गर्न जोडदार माग गरेका छन् । क्याम्पस सञ्चालक समितिले राजनीतिक पूर्वाग्रह देखाए त्यसको प्रतिकार गरिने ताम्लीको भनाई छ ।

प्राध्यापक संघका सभापति हरि तिम्सिनालाई क्याम्पस संचालक समितिले निष्कासन गरेपछिको आन्दोलनले उग्ररुप लिँदा आन्दोलनरत बिद्यार्थीले क्याम्पस संचालक समितिका अध्यक्ष प्रकाश चुडाललाई बिहीवार विहान क्याम्पस परिसरमै कालोमोसो दलेका थिए ।

१६ बर्षदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका तिम्सिनालाई गत असोज १६ गतेदेखि लागु हुने गरि क्याम्पस संचालक समितिले निष्कासन गरेको पत्र पियन मार्फत दिन खोजिएको थियो । उनले सो पत्र बुझ्न मानेनन् । तिम्सिनालाई संचालक समितिको बैठकमा नियमित नआएको , क्याम्पस प्रमुखलाई अटेर गरेको लगायतका आरोप लगाइएको छ । प्राध्यापक संघका अध्यक्ष स्वतः क्याम्पस संचालक समितिको सदस्य हुने वैधानिक प्रावधान रहेको छ ।

तिम्सिनालाई निष्कासन गरेपछि प्राध्यापक संघ कनकाई बहुमुखी क्याम्पसले पेन डाउन गरि आन्दोलन गर्दै आएको छ भने विद्यार्थीले क्याम्पस प्रमुख र प्रशासनमा ताला, क्याम्पस प्रमुख बिकास उप्रेतीको पुत्ला दहन गर्दैै बिहीबार क्याम्पस संचालक समितिका अध्यक्ष प्रकाश चुडाललाई मोसो समेत दलेको हो । आन्दोलनका कारण क्याम्पसको पठनपाठन एक सातादेखि ठप्प रहेको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]