बैशाख २०, २०८१ बिहीबार

झापामा कोअपरेटिभ एलाइन्सको ७ बुँदे अपील सार्वजनिक

बिर्तामोड । सुशासनमा रहेका सहकारीको संरक्षण र अभियानमा भइरहेको आक्रमणप्रति प्रतिकार गर्ने उद्देश्यले स्थापित कोअपरेटिभ एलाइन्स अफ झापाले ७ बुँदे अपील सार्वजनिक गरेको छ । आइबार सहारा नेपालमा बसेको बैठकले अपील सार्वजनिक गरेको हो ।

सहकारी संस्था, अभियानकर्मी तथा सरोकारवालाहरुबीचको छलफलबाट कोअपरेटिभ एलाइन्स अफ झापाले अपील सार्वजनिक गरेको जनाएको छ ।

अपीलमा कोअपरेटिभ एलाइन्स अफ झापाले तोकेको ढाँचामा सहकारी संस्थाहरुले अघिल्लो महिनाको वित्तीय कारोबार विवरण हरेक महिनाको १० गतेभित्र सार्वजनिक गर्नुपर्नेछ । सहकारीमा सम्पत्तीभन्दा सदस्यको महत्व बढी हुने भएकाले सदस्य जागरण अभियान (सदस्य शिक्षा) योजनावद्ध र निरन्तर सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

सहकारी संस्थामा सिमित सदस्यको ठूलो बचत र सिमित सदस्यहरुलाई ठूलो लगानी जुनसुकै बेला जोखिममा परिणत हुनसक्ने भएकाले यस विषयमा सञ्चालकहरु सधैं सतर्क रहनुपर्ने, सहकारी संस्थाको दिगो विकास र सुरक्षित वित्तीय सन्तुलनका लागि सदस्यबाट नियमित र दीर्घकालीन बचत संकलन गर्नुपर्ने अपीलमा सार्वजनिक गरिएको छ ।

यस्तै, सहकारी–सहकारी बीचमा अस्वस्थ प्रतिष्पर्धा नगरी असल सहकारी संस्कार बसाउन तथा प्रारम्भिक सहकारी संस्था र सहकारी अभियानका विरुद्ध अनर्गल प्रचार भइरहेको पाइएमा आधिकारिकता बुझेर मात्र धारणा बनाउनु पर्ने, वित्तीय सन्तुलन मिलाउन नसकेर समस्यामा परेका कतिपय सहकारी संस्थाले समयमा नै बचत फिर्ता गर्न नसकेर कठिन अवस्था बनेको भए सम्बन्धित संस्थाबाट कर्जा लिएका ऋणी सञ्चालक र सदस्यहरुले आफूले तिर्न बुझाउन पर्ने साँवा ब्याज समयमा नै भुक्तानी गरेर संस्थालाई अप्ठ्यारोबाट जोगाउन आग्रह गरिएको छ ।

एलायन्सले सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भनेर भ्रम छर्ने व्यक्ति र संस्थालाई यस्तो गलत काम नगर्न सचेत गराएको छ । सहकारीमा एउटा सदस्यले राखेको बचत रकम अर्को सदस्यले कर्जाका रुपमा ऋण लिएको हुन्छ । सहकारी संस्था कसैको अनुदानबाट चलेको नभई सदस्यको बचत परिचालनबाटै हुने भएकाले भ्रममा नपर्न सहकारीका सबै ऋणीहरुमा जानकारी गराइएको छ, अपीलमा भनिएको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]