बैशाख २६, २०८१ बुधबार

सम्पादकीय : कनकाईलाई कमजोर नबनाउ

शैक्षिक क्षेत्रमा लामो इतिहास बनाएको झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङामा केहि समयदेखिको विवाद उत्कर्षमा पुगेको छ । विवादकै परिणाम बिहीवार विधार्थीले क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकास चुडाललाई कालो मसो दले । कालो मसो दल्नु लोकतान्त्रिक पद्धति विपरित छ । यो जायज होइन । लोकतन्त्रमा कालोमसो दलेर कुनै पनि समस्याको समाधान हुन सक्दैन । यो आवेग र उत्तेजना तत्काल बन्द होस् । सबैले समस्या समाधानमा धैर्यता र छलफलको विधि अवलम्बन गर्नैपर्छ । यदि कसैले पूर्वाग्रहको नाममा उत्तेजक गतिविधि गर्छ भने त्यो कानुनी राज्यको उपहास हुन्छ ।

एउटै शैक्षिक संस्थाभित्र अहिले जुन किसिमको विवाद भइरहेको छ, यो गलत छ । समग्र शिक्षा क्षेत्रकै बद्नाम हुने गरी कनकाईमा भइरहेको गतिविधिलाई रोकेर विवाद समाधान तर्फ लाग्नुको विकल्प छैन । क्याम्पसमा शुरुआतबाट सञ्चालक समितिले गरिरहेको व्यवहार पनि विवेकपूर्ण छैन । एउटा शैक्षिक संस्थाभित्र चरम राजनीति गर्नु क्याम्पसलाई कमजोर बनाउनु हो । यहि राजनीतिक नै गरेको हो भने त्यसले शैक्षिक संस्थालाई कमजोर बनाउने छ र आम विधार्थीको भविष्यमा खेलवाड हुनेछ । जब प्राध्यापकलाई बहुमतको कारण क्याम्पसबाट हटाइयो तब समस्या शुरु भएको छ । एउटा प्राध्यापकको जीवनमै खेलवाड हुने गरी गरिएको व्यवहार पनि सञ्चालक समितिको गलत कदम् हो ।

अहिले क्याम्पसमा विधार्थी विभाजित भएका छन् । कोहि प्राध्यापकको संरक्षणमा लागेका छन् भने कोहि सञ्चालक समितिको बचाउमा लागेका छन् । यो दुवै प्रक्रियालाई मध्य भागमा राखेर समाधान खोज्न अपरिहार्य छ । सबै प्राध्यापक आन्दोलित हुँदा विधार्थीको पठनपाठन अवरुद्ध भइरहेको छ । यो अवस्थामा समाधान खोज्ने बलियो काम कुनै पक्षबाट भइरहेको छैन । क्याम्पस बचाउने हो भने सबैले राजनीतिक प्रतिशोध त्याग्नुपर्छ । जबसम्म राजनीतिक विचार त्यागेर कोहि पनि क्याप्स जाँदैनन् , तबसम्म समस्या उत्तिकै रहन्छ । यो समयमा क्याम्पस प्रमुखको भूमिका पनि महत्वपूर्ण हुन्छ । प्रमुखले दुवै पक्षलाई राखेर समस्या समाधान गर्न सक्ने ठाउँ प्रशस्त छ । यहि काम ढिलो भएर पनि समस्या बढ्दैछ । यसैले क्याम्पस बचाउने हो भने क्याम्पसभित्र राजनीतिक खेल बन्द गर्नैपर्छ ।

प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]