बैशाख २०, २०८१ बिहीबार

डिजेल र मट्टितेलको मूल्य घट्यो

बिर्तामोड । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन ९आइओसी०बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्यमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर रु १० घटाएको छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ । मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ५५ कायम भएको छ ।

यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ६५ थियो । पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु एक सय ६०, हवाई इन्धन ९बाह्य०को प्रतिलिटर अमेरिकी डलर १।३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय कायमै छ ।

प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार  १० : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]