बैशाख १४, २०८१ शुक्रबार

किविको मुल्य घट्यो, माग बढ्यो

बिर्तामोड । फलफुलको राजा मानिने किवि फलको माग बढेको छ । उत्पादनको शुरुआतको तुलनामा अहिले झण्डै १० गुणा व्यापार बढेको व्यवसायी बताउछन् ।

किवि उत्पादनको शुरुआतमा किविको मुल्य प्रतिकेजी ६ सयसम्म थियो । अहिले प्रतिकेजी बढिमा ४ सय छ । बिर्तामोडमा लामो समयदेखि किविको व्यापार गर्दै आएको हेस्टी किवि प्रालिको सञ्चालक पार्वती खतिवडाले किविको ग्रेड अनुसार मुल्य फरक–फरक भएको जानकारी दिइन् । अहिले २ सयदेखि ४ सम्म किवि विक्री गर्दै आएका छौं– खतिवडाले भनिन् ।

बजारमा अहिले स्याउ सुन्तलाकै मुल्यमा किवि पाउन थालेपछि सबैको रोजाईमा परेको खतिवडाको भनाई छ । पहिले स्याउ कोशेली लैजाने सर्वसाधरण अहिले किवि कोशेली लिएर जाने गर्छन्, उनले थपिन् । खुद्रामा दैनिक १ सय केजीसम्म विक्री गरिरहेको बताउँने उनले स्वास्थ्यवद्र्धक फल भएकाले माग बढेको बताएकी छन् ।

उनीहरुले इलाममा सञ्चालन गरेको किवि खेतीबाट यो वर्ष मात्र ३० हजार केजी बजारमा ल्याउन सक्ने बुझिएको छ । इलाममा मात्र ६ हजार किसानले उत्पादन गर्दै आएको किविले नेपाली बजार धान्न समेत गाह्रो हुने गरेको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार  १२ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]