बैशाख १४, २०८१ शुक्रबार

उपकार संघको आयोजनामा श्रीमद् भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञ हुँदै

शनिश्चरे । वैदिक सनातन धर्मको संरक्षण र सम्बद्र्धन गर्दै सूर्य पुत्र शनिदेवको जन्मजयन्तीको पावन अवसरमा अर्जुनधारा नगरपालिका – ७ रामपथस्थित पितृमोक्ष भवनमा यही जेठ ५ गते देखि श्रीमद् भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।

सामुहिक उद्धार तथा उपकार संघको आयोजनामा छैंटौं बार्षिक अनुष्ठानको रुपमा १२ गते समापन हुने गरी महापुराण सञ्चालन गरिन लागेको हो । संघद्वारा बुधबार पितृ भवनमा आयोजित पत्रकार सम्मेलनमा पुराण आयोजक मुल समितिका संयोजक मनोज जोशीले भविष्य महापुराणको बारे जानकारी गराएका हुन् । जोशीका अनुसार समाजलाई मार्गदर्शन दिन र देशको सामाजिक, आर्थिक, धार्मिक लगायत सबै क्षेत्रलाई सहज बनाउने उद्धेश्यले भविष्य महापुराणको आयोजना गरिन लागेको बताए । ख्यातिप्राप्त पण्डित भागवत भूषण उदय शात्रीको प्रमुख वाचकत्व रहने महापुराणमा सरिक भई कथा श्रवण गरि अखण्ड पितृमोक्ष दिप प्रज्वलनका लागि भूमिदान गर्न धर्मप्रेमीहरुलाई अनुरोध गरे । महापुराणबाट संकलित रकमले १८ लाख रुपैयाँ मूल्य पर्ने संस्थाको भवनसंगै जोडिएको १० धुर जग्गा खरिद गर्ने लक्ष्य रहेको उनले सुनाए ।

पुराण सम्पन्न गर्न ४ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष जनार्दन उप्रेतीले मतृकको घरमा कात्रोको अभावले लास उठाउन कठिन रहँदा संस्थाले कात्रो व्यवस्थापन गरि लास उठाउने कार्य बताए । संस्थाको दुई तले पितृमोक्ष भवन रहेको छ । भवनमा उत्सव, तालिम, बैठक तथा अन्य प्रयोजनका हल तथा कोठाहरु न्यूनतम सःशुल्क र भौतिक सामानहरु सदस्य परिवारमा मरिमराउमा निःशुल्क र अन्य कार्यक्रमहरुमा सःशुल्क उपलब्ध गराउँदै आएको जानकारी दिए । समाज भोक र रोगले ग्रस्त छ । बालबालिकालाई शिक्षा छैन, युवायुवतीलाई रोजगार छैन । यस सवालमा मध्यनजर गर्नु समाजको कर्तव्य हो उनको भनाइ थियो ।

सप्ताह महापुराण सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विभागीय उपसमितिहरु गठन गरिएको छ । चतुर्भुज काफ्लेको संयोजकत्वमा उद्घोषक तथा प्रचारप्रसार समिति ,विनोद दाहालको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, शंकर सुवेदीको संयोजकत्वमा अनुगमन समिति ,बेनुका दाहालको संयोजकत्वमा शोभा तथा कलश यात्रा समिति, बालकृष्ण पोखरेलको संयोजकत्वमा सरसफाई व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै सुरेन श्रेष्ठको संयोजकत्वमा सुरक्षा व्यवस्थापन समिति ,राम प्रसाद दवाडीको संयोजकत्वमा मण्डप निर्माण समिति, प्रणव ढकालको संयोजकत्वमा श्रोता व्यवस्थापन समिति, शारदा भट्टराईको संयोजकत्वमा पूजा व्यवस्थापन समिति, इशान ढकालको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन समिति, रमेशकुमार दर्जीको संयोजकत्वमा साँस्कृतिक तथा भजन किर्तन व्यवस्थापन समिति र रेडक्रस शनिश्चरे – अर्जुनधारा (कमल पोखरेल ) को संयोजकत्वमा स्वास्थ्य शिविर व्यवस्थापन समिति गरिएको बताइएको छ ।

पुराण आयोजक मुल समितिका संयोजक जोशीको अध्यक्षता तथा उद्घोषक, प्रचारप्रसार विभागका संयोजक चतुर्भुज काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]