बैशाख १२, २०८१ बुधबार

बिर्तामोड १० मा कुष्ठरोगीको संख्या धेरै

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कुष्ठरोगीको संख्या २९ पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आज बिर्तामोडमा आयोजना गरेको कुष्ठरोग घरदैलो खोजपड्ताल कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो ।

जसमा बालबालिका ४ जना रहेका छन् । कात्तिक महिना यता बिर्तामोड नगर अस्पतालमा ६ जना कुष्ठरोगी फेला परेको जनाइएको छ । शंकास्पद लक्षण देखिएका १८ जनाको जाँच गर्दा ६ जनामा पोजेटीभ देखिएको हो । कुष्टरोगका कारण बिर्तामोडमा ६ जना अपांगता समेत भएका छन् । यस्तै १ जनामा कुष्ठरोग पुनः बल्झिएको जनाइएको छ । अन्य वडाको तुलनामा बिर्तामोड १० मा कुष्ठरोगीको संख्या बढी रहेको सिनियर अहेब अधिकृत तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी दिए । यस वडामा कुष्ठरोगीको ९ रहेको छ ।

कुष्ठरोगको जोखिममा रहेको १० नम्बर वडामा रोग पहिचानका लागि घरघरमा तालिम प्राप्त स्वास्थ्यकर्मी पठाइने भएको छ । अभियान कै रुपमा जेठ ६ गतेदेखि १० गतेसम्म कुष्ठरोगको शंकास्पद लक्षण भएका बिरामी खोजी गर्ने अभियानको तयारी रहेको सापकोटाले बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वास्थ्यकर्मीहरुलाई कुष्ठरोग नियन्त्रणका लागि समुदायस्तरमा डटेर लाग्न निर्देशन दिइन् । बिर्तामोडलाई कुष्ठ रोगमुक्त नगरपालिका घोषणा गर्ने गरि काम गर्न जोड दिँदै उनले नगरलाई क्षयरोग,कुष्ठरोग लगायतका रोगहरु मुक्त बनाउनु पर्ने बताइन् ।

यस्तै सर्ने रोगहरुको क्षेत्रमा काम गर्दै आएको संस्था एनएलएफका राष्ट्रिय निर्देशक एन्डु सिथ्लिंगले पालिकाको प्रत्येक विद्यालयलाई माध्यम बनाएर कुष्ठरोग नियन्त्रणका कार्यक्रमहरु गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै एनएलएफ दिपक घिमिरेले झापामा अहिले प्रति दश हजार जनसंख्यामा २ जना भन्दा बढीलाई कुष्ठरोग देखापर्ने गरेको बताए । उनले बिर्तामोडमा प्रति वर्ष २० जना नयाँ बिरामी उपचारमा आउने गरेको पनि जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपाने, वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङ्ग, कार्यपालिका सदस्य यमुना आचार्य लगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]