बैशाख १४, २०८१ शुक्रबार

अर्जुनधारामा भविष्य महापुराण शुरु

इन्द्रकुमार राई

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ रामपथस्थित पितृमोक्ष भवनमा श्रीमद् भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञ शुक्रबार देखि शुरु भएको छ ।

सामुहिक उद्धार तथा उपकार संघको आयोजनामा सूर्य पुत्र शनिदेवको जन्मजयन्तीको अवसर पारेर वैदिक सनातन धर्मको संरक्षण र सम्बद्र्धन गर्दै भूमिदानलाई निरन्तरता दिने उद्धेश्य साथै संस्थाको बृहत्तर बिकासका लागि छैंटौं बार्षिक अनुष्ठानको रुपमा महायज्ञ सञ्चालन गरिएको हो ।

प्रमुख कथा वाचक पण्डित भागवत भूषण उदय नारायण दाहाल (शास्त्री ) र उपवाचक पण्डित धनश्याम काफ्ले (शास्त्री ) रहने महापुराण १२ गते समापन हुने बताइएको छ । समुदघाटन समारोहका प्रमुख अतिथि एवं साहारा नेपालका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले पानसमा दिप प्रज्वलन गरेर महायज्ञको उद्घाटन गरेका थिए । त्यस्तै संस्थाका अध्यक्ष जनार्दन उप्रेती र काठमाडौं निवासी माधव थापाले १ सय वर्ग फिट बराबर १- १ लाख रुपैयाँ, शंकर घिमिरेले ११ वर्ग फिट बराबर ११ हजार १ सय २० रुपैयाँ र बैधागी तामाङले २० वर्ग फिट बराबर २० हजार रुपैयाँ भूमिदानका लागि सहयोग गरेर दानपेटिका उद्घाटन गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा संस्कृत वेद विद्यापीठ (गुरुकुल ) का विद्यार्थीहरुले स्वस्तिवाचन गरेका थिए । सो अवसरमा धार्मिक ,सामाजिक र आध्यात्मिक क्षेत्रमा सहयोग पु¥याउने राम बहादुर श्रेष्ठ (जमुने ), राम जोशी ज्ञवाली , राम बहादुर श्रेष्ठ मित्रसेन भट्टराई, विशाल शिवाकोटी र चतुर्भूज काफ्लेलाई सम्मान –पत्र सहित सम्मान गरिएको थियोे । त्यस्तै, स्वर्गीय कृष्णलाल जोशी, स्व.पूर्ण प्रसाद सिटौला, स्व.उमाकान्त शिवाकोटी , स्व. केशव गुरागाई र स्व. श्रीप्रसाद ओलीको परिवारहरुलाई सम्मान पत्रसहित मरणोपरान्त सम्मान गरिएको थियोे । त्यसैबीच स्थानीय बालक रियान बजगाईले शिवजीको भेषमा शिव स्त्रोत नृत्य प्रस्तुत गरेका थिए । अध्यक्ष उप्रेतीको सभापतित्व तथा पुराण आयोजक मुल समितिका संयोजक मनोज जोशीको संयोजकत्व रहेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि निरौला, प्रमुख कथा वाचक पं. उदय नारायण दाहाल, पुराण संयोजक जोशी, पूर्व गाविस अध्यक्ष मित्रसेन भट्टराई, संस्थाका पूर्व अध्यक्ष भुवनेश्वर शिवाकोटी, वर्तमान उपाध्यक्ष रमेश त्रिखत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । सन्तोष कुमार श्रेष्ठको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

यसअघि झाँकीसहित संघसंस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व, निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरु ,धर्मानुरागी तथा भक्तजनहरुको सहभागिता रहेको कलश यात्राले अर्जुनधारा जलेश्वरधामस्थित शनिदेव मन्दिर परिक्रमा गरि पितृमोक्ष भवनमा आएर कार्यक्रममा परिणत भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]