बैशाख ७, २०८१ शुक्रबार

सम्पादकीय : बिर्तामोड– भद्रपुर सडक छिटो बनाइदेऊ

उधोग वाणिज्य संघ विर्तामोडले व्यवसायी समेत उपस्थित गराएर बिर्तामोड–भद्रपुर सडक खण्ड अवरोध ग¥यो । निर्माणको जिम्मा लिने निर्माण व्यवसायी र स्थानीय सरकारलाई समेत दवाव दिने गरी सडक अवरोध गरेर सांकेतिक विरोध समेत जनाएको छ । झापाको मुख्य बजार मानिने बिर्तामोड व्यस्त बजार हो । यो बजारमा काम आधी बनाएर छोड्नु यहाँका नागरिकलाई ठुलो सजाय दिनु सरह हो । सम्झौता बमोजिम काम सम्पन्न गर्न २ महिना मात्र बाँकी छ । तर, अहिलेसम्मको कार्य प्रगति सन्तोषजनक पनि छैन ।

सडक निर्माणमा निर्माण पक्षको चरम ढिलासुस्ती छ । काममा कुनै तिब्रता छैन । काम थालिएको छ, तर समयमै पुरा गर्ने संभावना न्यून छ । यहि परिवेशबाट काम हुने हो भने अझै बिर्तामोड–भद्रपुर सडक खण्ड सम्पन्न गर्न बर्षौ लाग्ने देखिन्छ । आशिष–प्रेरा जेभीले २७ करोडमा ठेक्का पाएको सडक चित्तबुझ्दो निर्माण भइरहेको छैन । सडकको दुई भागमा निर्माण भइरहेको ड्रेन सम्झौता विपरित छ भन्ने आवाज चौतर्फी उठिरहेको छ । सडक नजिकै रहेका घरबाट बाहिर जाने नालाभन्दा माथी ड्रेन निर्माण गर्दा नालाको निकास रोकिएको छ ।

निर्माणाधिन सडक समयमै नसक्दा त्यसको चौतर्फी असर पुगिरहेको छ । व्यवसायमा प्रत्यक्ष असर व्यवसायीले भोग्नु परेको छ । पसलसम्म जानका लागि बाटो बन्द छ । जताततै खनिएका छन् । धुलोले चौपट्ट छ । धुलोको कारण आम नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगिरहेको छ । ठेक्का पाएको कम्पनीले धुलो नियन्त्रणको लागि समेत सामान्य सावधानी अपनाउन सकिरहेको छैन । निर्माण कम्पनीले वास्तवमै यहाँ धेरै मनपरी गरिसकेको छ । सडक विभाग पनि मौन देखिउको छ । सडक विभागको मौनताको फाइदा निर्माण कम्पनीले लिइरहेको छ । यसैले निर्माणमा नागरिकले अपेक्षा गरे बमोजिम काम गर्नुको विकल्प अब छैन । चौतर्फी दवावको जरुरी पनि उत्तिकै छ ।

प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार  १२ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]